Shittalpati
कोरोनाबाट मृत्यु  हुनेको संख्या दुई हजार

(रासस/एपी)
बेइजिङ,कोरोना भाइरसको संक्रमणबाट चीनभरी मृत्यु हुने व्यक्तिको संख्या दुई हजार भन्दा बढी भएको चिनियाँ स्वास्थ्य अधिकारीले जनाएका छन् । गत वर्षको अन्त्यमा चीनको हुबेई प्रान्तको उहान सहरबाट शुरु भएको यस भाइरसका कारण हालका केही दिनयता एकै दिनमा करिब सय व्यक्तिको मृत्यु हुने गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनााएका थिए । केही दिन यतादेखि यो घटना क्रम जारी रहेको थियो । तर मंगलबार भने एकै दिनमा यस भाइरसको संक्रमणका कारण १ सय ३६ जनाको मृत्यु भएको एपी समाचार समितिले बुधबार जनाएको छ ।

मंगलबार प्राप्त एक समाचारका अनुसार यस भाइरसबाट चीनभरीमा मृत्यु हुनेको संख्या दुई हजार ४ जना पुग्नुको साथै ७४ हजार १ सय ८५ व्यक्ति संक्रमित भएका छन् । विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अडानोम गेब्रियसले सोमबार भएको एक पत्रकार सम्मेलनमा प्रकोपको स्पष्ट तस्वीर दिएको बताएका छन् । जारी अनुसन्धान अनुसार यस रोगको संक्रमणको दर घट्दो मात्रामा देखिन थालेका बताइएको छ । संयुक्त राष्ट्रसङ्घ, विश्व स्वास्थ्य संठन, युरोपेली युनियन सहित विश्वका नेताले संक्रमणको नियन्त्रणमा चीनलाई सघाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

प्रकाशित मिति: बिहीबार, फागुन ८, २०७६  १०:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update