Shittalpati
अस्पताललाई रिफर सेन्टर बनाइनु हुँदैन : मन्त्री बराल

पाल्पा, माओवादी केन्द्रका प्रभावशाली नेता तथा लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री सुर्दशन बरालले सरकारले अस्पतालहरुलाई केवल रिफर सेन्टरमा मात्र विकास गर्न नहुने बताएका छन् ।
उनले शुक्रबार पाल्पा जिल्ला अस्पतालको स्थलगत निरीक्षणका क्रममा सो कुरा बताएका हुन । मन्त्री बराल शुक्रबारदेखि तीन दिनसम्म सञ्चालन हुने स्थानीय तहको सामाजिक विकास शाखामा कार्यरत कर्मचारीहरुको सहभागिता रहेको लै·िक समानता तथा सामाजिक समावेशीकरण तालिमको उद्घाटनका लागि पाल्पा आएका हुन । नेकपा विभाजनपछिको असरका कारण लुम्बिनी प्रदेश सरकारका विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने हल्ला चलेकै बेला प्रदेशका प्रभावशाली मन्त्री बरालको यो भ्रमणलाई महत्वका साथ हेरिएको छ । पाल्पा आएका मन्त्री बरालले गुल्मीको सत्यवती ३ को लुम्पेकमा बुधबार टेम्पो दुर्घटनामा परी घाईते भई उपचारार्थ भर्ना मिसन अस्पताल भर्ना भएका घाईते र उनका आफ्न्तलाई भेटी स्वास्थ्य अवस्थाको विषयमा जानकारी पनि लिए । यसै बीच मन्त्री बरालले, पाल्पा जिल्ला अस्पतालको स्थलगत निरीक्षणका क्रममा त्यहाँका चिकित्सक तथा कर्मचारीलाई राम्रो काम गर्न समेत निर्देशन दिए ।
मन्त्री बरारले भने ‘जिल्ला अस्पताल केवल रेफर सेन्टर मात्रै बन्नु भएन्, यहाँ आएका बिरामी भर्ना गर्नुस्, उपचारपछि निको भएर घर फर्कने वातावरण बन्नुपर्छ, अनि मात्र जनतामा अस्पताल प्रतिको विश्वास बढ्छ ।’ ‘प्रदेश सरकारको तर्फबाट औषधी र बजेटमा कुनै कमी हँुदैन, तपाई डाक्टरहरुको प्रयास र लगाव अझै आवश्यक छ ।’ मन्त्री बरारले भने । सामाजिक विकास डिभिजन कार्यालय तानसेनको अगुवाईमा पाल्पा, गुल्मी र अर्घाखाँचीका २८ स्थानीय तहको सामाजिक विकास शाखामा कार्यरत कर्मचारीहरुको सहभागिता रहेको तालिममा लै·िक समानता तथा सामाजिक समावेशीकरण, लै·िक हिंसा निवारण, घरेलु हिंसा निवारण, बाल अधिकार, बालविवाह न्यूनिकरण, सामाजिक सुरक्षा, लै·िक संवेदनशील योजना तर्जुमा, सामाजिक क्षेत्रमा प्रदेश सरकारको भूमिका, संघ, प्रदेश र स्थानीय सरकार बीच अन्तरसम्बन्ध लगायतका विषयमा सहजिकरण गरिने मन्त्रालयको सामाजिक विकास महाशाखा प्रमुख महिला विकास अधिकृत शारदा बस्यालले जानकारी दिईन् । सामाजिक विकास मन्त्रालयका सचिव माहादेव पन्थले सरकारहरु बजेट निर्माणको पूर्वसन्धामा रहेकाले सामाजिक विकासलाई प्राथमिकतामा राख्ने कुरामा जोड दिए ।
स्थानीय तहका कर्मचारीहरु लाई सामाजिक विकास क्षेत्रका कार्य गर्ने समक्ष बनाउने, स्थानीय, प्रदेश र संघ सरकारका कार्यक्रम प्रभावकारी कार्यान्वयन गर्ने र बजेट तथा कार्यक्रमहरुमा सामाजिक विकासलाई प्राथमिकतामा पार्न घच्घच्याउने तालिमको उद्देश्य रहेको सामाजिक विकास डिभिजन कार्यालय पाल्पाका प्रमुख लक्ष्मणप्रसाद ज्ञवालीले बताए । तीन दिनसम्म चल्ने तालिममा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव रवी लाल पन्थ, यूएनएफपीका रेखा श्रेष्ठ, सामाजिक विकास मन्त्रालयका उपसचिव तारा ज्ञवाली, लेखा अधिकृत मिनबहादुर घर्ती र शाखा अधिकृत सञ्जय ज्ञवाली लगायतले सहजिकरण गर्ने छन् ।

प्रकाशित मिति: शनिबार, वैशाख ४, २०७८  १४:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update