Shittalpati
‘कोभिड देखिए विद्यालय बन्द गर्नू’

काठमाडौँ, (रासस)/ काठमाडौँ महानगरपालिकाले विद्यार्थी, शिक्षक वा अन्य कर्मचारीमा कोभिड–१९ को सङ्कमण पुष्टि भए मात्र विद्यालय बन्द गर्ने भएको छ । कामपाले एक विज्ञप्ति जारी गर्दै कुनै पनि विद्यालयमा कोरोना सङ्कमण देखिए एक साताका लागि बन्द गर्नसक्ने निर्णय गरेको छ । यसरी बन्द गरिएका विद्यालयमा वैकल्पिक मध्ययमबाट सिक्षण सिकाइ गर्न गराउन पनि कामपाको शिक्षा अधिकारी रामप्रसाद सुवेदीबाट जारी विज्ञप्तिमा उल्लेख छ ।

सङ्कमण नदेखिएका अवस्थामा विद्यालयमा सामाजिक दूरी कायम गर्ने, मास्क अनिवार्य प्रयोग तथा साबुन पानीले पटकपटक हात धुने, स्यानिटाइजरको प्रयोग गर्नेलगायत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट विगतमा जारी गरिएका मापदण्डको कडाइका साथ पालना गरी अभिभावकको सहमतिमा विद्यालय सञ्चालन गर्न विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ३, २०७८  १७:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update