Shittalpati
लागुपदार्थको दुव्र्यसनीबाट बचौँ र बचाऔँ

पछिल्लो समय नेपाली समाजमा युवापुस्ता लागुपदार्थ दुव्र्यसनीको दलदलमा फसेका छन् । युवा पुस्ता आफ्नो अपरिपक्ताको दलदलमा आफै फस्दै गईरहेका छन् । युवा पुस्तालाई समाजको ऐना मानिदै आएको छ । आगामी समाज विकासका खाकाहरु युवा मैत्री बनाउनु पर्छ र युवाहरुलाई अबको जिम्मेवारी हस्तान्तरण गरिनु पर्छ भन्ने चौतर्फी आवाज उठिरहेका बेला युवाहरु लागु पदार्थको दलदलमा फस्दै जानुले युवाहरु प्रतिको विश्वसनियतामा प्रश्न चिन्ह खडा हुँदै गईरहेको छ । दिनप्रती दिन युवाहरु विभिन्न बहानामा प्रहरीको कठाघारमा जानुले अबको युवा पुस्ता अधोगति तिर लम्किरहेको प्रस्ट हुन्छ । विभिन्न बहाना, कुलत प्रतिको मोह साथै साथीहरुको संगतको फलस्वरुप युवा पुस्ता दिनानुदिन कुलतमा लाग्दै गईरहेको देख्न सकिन्छ । बिशेष गरी कलेज समुहका युवा युवतीहरुको आकर्षण दुव्र्यसनी उन्मुख भएको कारणले गर्दा यसको जोखिम ब्यापक हँुदै गैरहेको छ ।


यो अत्यन्तै चिन्ताको विषय बनेको हो । अब लागुपदार्थ दुव्र्यसनविरुद्ध सबै एकजुट भएर लड्नुपर्छ । लागुपदार्थको उत्पादन, तस्करी र उपलब्धता रोक्न सबै पक्ष कर्तव्यनिष्ठ बन्नुपर्छ । यसका लागि कडा कानुनको निर्माण र प्रभावकारी कार्यान्वयन हुनुपर्छ साथै प्रहरीको सक्रियता पनि बढ्नुपर्छ । लागुपदार्थको दुश्चक्रले गर्दा कति अभिभावक निर्मम मानसिक यातना खेप्न बाध्य छन् । त्यसैले पनि आफ्ना सन्तानहरु लागुपदार्थको दलदलमा नफसुन् भनेर अभिभावक सचेत र चनाखो बन्नुपर्छ । लागुपदार्थको दुव्र्यसनमा फसेका मानिसलाई शारीरिक दण्ड वा गाली गरेर मात्र हुँदैन उनीहरुलाई असल परामर्श समेत दिन जरुरी छ । उनीहरूको मनस्थिति परिवर्तन गर्न र दुव्यर्सनबाट मुक्त बनाउन प्रभावकारी कदम चालिनुपर्छ । उनीहरुलाई सम्झाइबुझाई गरेर नशा छोड्ने आत्मबल प्रदान गरिनुपर्छ । यसर्थ भोलिका देशाका खम्बाका रुपमा रहेका युवाहरुलाई लागुपदार्थको दुव्र्यसनमा नलागुन्, भन्नका लागी सबै मिलेर दुव्यर्सनबाट बचौँ र बचाऔँ भन्ने अभियान चलाउन जरुरी छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ३, २०७८  ११:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update