Shittalpati
घोडे जात्रा र यसको साँस्कृतिक महत्व

हाम्रो समाजमा विभिन्न चाडपर्वहरूले आ–आफ्नै किसिमको महत्व बोकेर आएका हुन्छन् । त्यसमध्ये घोडे जात्रा पनि एक महत्वपूर्ण पर्व हो । यसको आफ्नै साँस्कृतिक महत्व रहेको छ । यो पर्वले नेवारी सम्प्रदायमा आफ्नै गरिमा र अस्तित्वलाई ज्वलन्तरूपमा प्रस्तुत गरिरहेको छ । यसबाट नेवारी समाजको कला र कौशलताको चरम विकास भएको यसबाट स्पष्ट हुन्छ । वर्ष दिनभरी मनाइने चाडहरूमध्ये घोडे जात्रा पनि एक प्रमुख पर्व हो । संस्कृतिमा निकै धनी हाम्रो देश छ । हरेक दिन एक न एक पर्व परेकै हुन्छ । आफ्नो संस्कृतिलाई संरक्षण र संवद्र्धन गर्नु प्रत्येक नेपालीको परम कर्तव्य हो । यसैले होला चाड पर्वहरूमा नेपालीहरू रमेरै मनाउने गर्दछन् । यसमा पनि नेवार समुदायका जातिहरूमा विशेष महत्व यस पर्वले राख्दछ । हाम्रो देशको संस्कृतिको एक प्रमुख अंगको रूपमा नेपालका विभिन्न चाडपर्वहरूलाई लिइएको छ ।

हिन्दू संस्कृतिमा आफ्ना पूर्वजहरूप्रतिको उदारता एवं कृतज्ञताको प्रदर्शन गर्ने सांस्कृतिक धरोहरको रूपमा घोडे जात्रालाई लिन सकिन्छ । यो घोडे जात्रा पर्व विशेषता कृषकवर्गले आनन्द गर्ने चाड पनि हो । यस दिन भगवान् शिवजीको धुमधामसँग पूजाआजा गरिन्छ । अझ बढी नाचगान, बाजागाजा र परम्परागत भेषभूषा नेवार समुदायले यस पर्वलाई बढी उल्लासमय वातावरणमा मनाउँछन । यो पर्व विशेष गरी काठमाडौंमा मनाइने गरिन्छ । यस दिन काठमाडौंमा मात्र नभएर टाढा–टाढादेखिका मानिसहरू घोडे जात्रा हेर्न टुँडीखेलमा आउने गर्दछन् । घोडे जात्राको आफ्नै ऐतिहासिक मान्यता, मूल्य र महत्व पनि रहेको छ । यस किसिमको प्रचलनको सुरुवात गर्ने राजा जयप्रकाश मल्ल हुन् । यो जात्रा खास गरी काठमाडौं उपत्यकाको तीन सहरमा भव्यरूपमा मनाइन्छ । यो जात्रामा विशेष गरी विवाह भएर गएकी चेलीबेटीलाई भोज खुवाउने प्रचलन अहिलेसम्म नेवारी समाजमा कायमै छ । यस्तो महत्व बोकेको पर्वको सबैले संरक्षण र थप विस्तार गर्न जरुरी छ ।

प्रकाशित मिति: आइतबार, चैत २९, २०७७  ११:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update