Shittalpati
श्रीमानले गरे घाँटी थिचेर श्रीमतीको हत्या

बुटवल,रुपन्देहीको सियारीमा श्रीमानले घाँटी थिचेर श्रीमतीको हत्या गरेका छन् । सियारी गाउँपालिका–३ हर्नैया गाउँका ६६ वर्षीय गनपत बानियाले आफ्नी श्रीमति ५५ वर्षीया कुश्मा बानियाको घाँटी थिचेर हत्या गरेका हुन् ।

बिहीबार बिहान सवा ३ बजे आफ्नै घरको कोठामा गनपतले कुश्माको घाँटी थिची मारेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी सत्यनारायण थापाले बताए । उनले भने ‘आफ्नै घरको कोठामा श्रीमानले श्रीमतीको घाँटी थिची मारेको खबरप्राप्त हुनासाथ हामी घटनास्थल पुग्यौं,मृतक कुश्माको घाँटीमा शंकास्पद दागसमेत देखिएको थियो ।’

श्रीमान् र श्रीमतीबीच यौनसम्पर्कको विषयलाई लिएर पटक–पटक झगडा हुने गरेको प्रारम्भिक अनुसन्धानबाट फेला परेको थापाको भनाइ छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले गनपतलाई नियन्त्रणमा लिएको छ ।

 

 

प्रकाशित मिति: शुक्रबार, चैत २७, २०७७  १४:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update