Shittalpati
दुई सय जनाले गराए आँखाको निःशुल्क परीक्षण

पाल्पा, तानसेनमा सञ्चालन भएको निःशुल्क शिविरबाट दुई सय जनाले आँखाको परीक्षण गराएका छन् । तानसेन नगरपालिका २ मा रहेको मेहलधारा टोलविकास संस्थाको आयोजनामा सञ्चालन भएको शिविरमा टोलका स्थानीय बासीहरुले निःशुल्क आँखा परीक्षण गराएका हुन् । शिविरमा केहि आँखाका विरामीहरुलाई उपचारका लागि आँखा अस्पतालमा रेफर गरिएको छ । शिविर लायन्स लाकौल आँखा अस्पतालका नेत्र विशेषज्ञ र स्वास्थ्यकर्मीको समन्वय र सहयोगमा भएको थियो ।

शिविरमा नेपाल नेत्रज्योति संघका सभा ति चकोरमान शाक्य, नेपाल रेडक्रस शोसाइटी पाल्पाका सभापति बुद्धिप्रसाद शर्मा, पाल्पा टेक्निकलक इन्सिच्युटका प्रिन्सिपल त्रिलोचन पौडेल, तानसेन नगरपालिकाका सरसफाई शाखाका प्रमुख शंकर भण्डारी तानपा २ का वडा अध्यक्ष वरुणप्रसाद रेग्मी, टोल विकास समन्वय समितिका अध्यक्ष केशव पौड्याल लगायतले टोल विकास संस्थाले गरेका कामको प्रशंसा गरेका थिए । टोलबाटै निःशुल्क रुपमा आँखा परीक्षण गर्न पाउँदा स्थानीय हर्षित भएका थिए । शिविर टोल विकास संस्थाका अध्यक्ष रिता पौडलको अध्यक्षता, उपाध्यक्ष जया पौडेलको स्वागत र सचिव सरिता पौडेलको सञ्चालनमा भएको थियो । टोल विकास संस्थाले टोलमा स्वास्थ्य तथा सरसफाईका साथै महिलाको सशक्तिकरण र आय आर्जनका रचनात्मक कार्यक्रम समेत गर्दै आएको छ ।

प्रकाशित मिति: बुधबार, फागुन ७, २०७६  १०:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update