Shittalpati
रेडक्रस पाल्पाले मनायो ४३ औं वार्षिक साधारण सभा

पाल्पा, नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाले आफ्नो ४३ औं वार्षिक साधारण सभा मनाएको छ । रेडक्रसले शनिबार एक भव्य समारोहका बिच तानसेनमा साधारण सभा मनाएको हो ।
सोही अवसरमा संस्थाले रेडक्रसलाई योगदान गर्ने विभिन्न व्यक्ति र संस्थाहरुलाई सम्मान गरेको छ । स्वर्ण महोत्सव वर्ष मनाइरहेको शाखाले राधा भारतीलाई विशेष सम्मान, संस्थापक दुर्गा बहादुर राना, पूर्व मन्त्री नारायण प्रसाद शर्मा, पूर्व उपसभापति यशपाल शाक्य र पूर्व सभापति गणेशमान मर्हजनलाई मरोणउप्रन्त सम्मान गरेको छ । कोरोना कहरले स्वर्ण महोत्सवमा गर्न नसकिएको सम्मान साधारण सभाको अवसरमा गरिएको शाखा सभापति बुद्धि प्रसाद शर्माले बताए । शाखाले १ सय ४४ जनालाई व्यक्ति र संस्थाहरुलाई समेत स्वर्ण महोत्सव टोकन सहित सम्मान गरेको छ । जसमा रेडक्रसलाई बाहिरी क्षेत्रबाट सहयोग गर्ने व्यक्ति र संस्थादेखि संस्थामा कार्यरत कर्मचारी समेत रहेका छन् ।

उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि जिल्ला न्याधिस खड्कबहादुर केसीले सम्मान पत्रले सम्मान गरेका छन् । शाखाको आजिवन सदस्यता लिने १७ जनालाई व्यक्तिहरुलाई समेत सम्मान गरिएको छ । सम्मानित व्यक्तित्वहरुलाई सम्मान गर्दै प्रमुख अतिथि तथा जिल्ला न्यायधिश केसीले रेडक्रसले जिल्लाको सामाजिक क्षेत्रमा पु¥याएको योगदान महत्वपूर्ण रहेको बताए । उनले रेडक्रसको भावना र मर्मलाई आत्मसाथ गर्दै आगामी दिनमा अझ सशक्त बनाएर लैजान आग्रह गरे ।

विशिष्ट अतिथि तानसेन नगरपालिका नगर प्रमुख अशोक कुमार शाही, पूर्व सभापति पूर्णमाया महर्जन, शाखा उपसभापति कृष्ण अधिकारी, शाखाका सल्लाहाकार मिनबहादुर के.सी र मेघराज शर्मा, सम्मानित व्यक्ति केदार प्रसाद श्रेष्ठ र ताहँु शाखाका प्रकाश श्रेष्ठ लगायतले रेडक्रसले सामाजिक सेवाको क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएको बताएका छन् । सभामा कार्यालयका मन्त्री केशव प्रसाद पौडेलले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष भिमसेन कार्कीले आर्थिक प्रतिवेदन पेश गरेका थिए । रेडक्रस पाल्पाले प्राथमिक उपचार, रक्तदान, एम्बुलेन्स सेवा सञ्चालन, घुम्ति कोष परिचालन, समुदायमा आधारित स्वास्थ्य तथा प्राथमिक उपचार कार्यक्रम र समावेशी खानेपानी सरसफाई तथा स्वच्छता कार्यक्रम गर्दै आइरहेको छ ।

प्रकाशित मिति: शनिबार, चैत ७, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update