Shittalpati
देशले भोगेको समस्या

नेपाली राजनैतिक वृतमा देखा परेका विभिन्न समस्याका कारण मुलुक अन्यौलताको भूँमरीमा परेको छ । प्रधानमनत्री केपी शर्मा ओली फेरी पनि मध्यवधी निर्वाचनको तयारीलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढी रहेका छन् ।
नेकपा (एमाले) भित्रको किचलोका कारण पनि देशले सत्तापक्ष र विपक्ष को कहाँ छन् भन्ने कुरालाई पनि आत्मसाथ गर्न सकेको छैन । केपी ओली, माओवादीका नेता प्रचण्डबीचको टसलले गर्दा परिमार्जित नेकपाले पुनः मुसिको भवः को अवस्थालाई अंगाली सकेको छ । पुष्पकमल दहाल प्रचण्डका प्रपञ्चहरु विलिन जस्तै भएका छन् । राष्ट्रपतिबाट राष्ट्र निर्माण र लोकतन्त्रको संस्थागत विकासका लागि कुनै नयाँ सोंच बन्न सकेन । बल्लतल्ल आएर अवेर भए पनि सर्वदलीय बैंठक आयोजना भयो तर त्यसले सार्थकता पाउँने सम्भावना कमजोर भएको छ । विभिन्न शक्तिकेन्द्रका आ–आफ्नै स्वार्थमा देशका जिम्मेवार पार्टीहरु अलमलमा परेका छन् । प्रतिपक्ष नेपाली काँग्रेस पनि आफ्नो पार्टीको महाधिवेशन तयारीमै अलमल देखिन्छ । संसदले काम पाएको छैन् । सत्तारुढ दल ओली र नेपाल पक्ष धेरै समय पछि सोमबार एउटै टेवुलमा बसेको भए पनि वार्ता भने सफल हुन सकेन् । यो प्रयास र तयारी अझै पनि अपुग भएको महशुस भएको छ । नेपालका ठूला र आशा अनि विश्वास गरिएका दलहरुलाई फुटाएर कमजोर बनाउँने र त्यसबाट उत्पन्न हुने असहज अवस्था र अस्थिरतालाई उपयोग गर्ने विदेशी रणनीतिलाई नबुझ्दासम्म हाम्रो राजनैतिक स्थिरतालाई निरन्तरता दिन सकिदैन र समग्र लोकतान्त्रिक संविधानको कार्यान्वयनमा समेत समस्या हुने देखिएको छ । यस्ता खतराहरुप्रति सरकार हामी सबै सचेत हुन सकिएन भने मुलुक झन् भन्दा झन समस्यामा पर्ने बाहेक अरु केही पनि हुन सक्ने अवस्था देखिदैन ।

प्रकाशित मिति: बुधबार, चैत ४, २०७७  ११:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update