Shittalpati
उपभोक्ता अधिकार दिवसको सार्थकता

आज विश्व उपभोक्ता अधिकार दिवस नेपालमा पनि उपभोक्ता हितसँग सम्बन्धित विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । खास गरी उपभोक्ता अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाहरुले चेतनामूलक कार्यक्रम गरेर यो दिवस मनाउने गर्दछन् । विश्व उपभोक्ता अधिकार दिवस वर्सेनि मार्च १५ तारिखका दिन मनाउने गरिन्छ ।सन् १९६२ मार्च १५ का दिन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले प्रस्तुत गरेको सुरक्षा, सूचना, छनोट र सुनुवाइलाई उपभोक्ताका चार अधिकारका रूपमा घोषणा गरिएको सम्झनामा विश्वभर यो दिवस मनाइन्छ । तर हरेक वर्ष दिवसका दिन मात्र कार्यक्रम गर्नुले कुनै अर्थ राख्दैन । उपभोक्ताको हितका लागि हरेक दिन उपभोक्ता सचेतना र अधिकारका पक्षमा लड्नुपर्दछ ।

तर नेपालमा भने त्यसो हुन सकिरहेको छैन । वर्षको एक दिन औपचारिक कार्यक्रम गरेर दिवसको ‘झारा’ टार्ने काम यस वर्ष पनि यथावत् नै छ । उपभोक्ता हित र स्वच्छ बजार कायम गर्न दर्जनौं ऐन कानून भए पनि आम उपभोक्ताले अझै पनि महसूस गर्न पाएका छैनन् । अहिले बजारमा नेपाली उपभोक्ताहरू वस्तु र सेवा दुवै क्षेत्रमा दिन दुगुना र रात चौगुना ठगिइरहेका छन् । एउटा उपभोक्ता बजार गएर घर र्फकदा आफू सवस्र्व लुटिएको महसूस गर्दै घर फर्कनु परेको छ । भ्रामक र झुठा विज्ञापन कमजोर नियमन र कारवाहीबाट उपभोक्ताले विश्वास गर्ने ठाउँ रत्तिभर छैन । उपभोक्ता बजारमा हुने अखाद्य वस्तुको उत्पादन, बेचबिखन, भण्डारण, गुणस्तरहिन सामानहरूको बिगबिगी,उपभोक्ताको अनुहार हेरेर कायम मूल्य, फलफूल तरकारी र माछामासु खान बाध्य छन् । पानी, दुध, बिस्कुट, चामल, तेल लगायत दैनिक अत्यावश्यक खाद्यवस्तु ढुक्कका साथ प्रयोग गर्न सक्ने अवस्था अहिले पनि छैन । विगतका वर्षहरूको मूल्याङ्कन गर्ने हो भने उपभोक्ता दिवसको दिन बाहेक अन्य कुनै पनि दिन उक्त विषय र नाराले स्थान पाउँदैन । सरकारी एकदिने कर्मकाण्डी दिवसले आम उपभोक्ता अधिकार संरक्षण र प्रवद्र्धन हुन सकेको छैन । साथै उपभोक्ता हित र अधिकारप्रति राज्य संवेदनशील हुन पनि सकेको छैन । केवल देखावटी नक्कल र झारा टार्ने प्रवृत्ति कायम रहेसम्म यस्ता दिवसहरू केवल नाम मात्रका हुने छन् । यसर्थ आमउपभोक्तालाई कुनै पनि उपभोग्यवस्तुमा ठगिने र मर्कामा पर्ने परिपाटीको अन्त्य भएको अनुभूति नदिलाउने हो भने उपभोक्ता अधिकार दिवसले कुनै सार्थकता पाउन सक्दैन ।

प्रकाशित मिति: सोमबार, चैत २, २०७७  ११:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update