Shittalpati
सबै प्रकारका भेदभाव अन्त्य गरौं

नेपाली समाजमा धेरै प्रकारका भेदभावहरु हुने गरेका छन् । भेदभाव प्राय ः गलत सूचना वा अज्ञानताको डरमा आधारित हुने गर्दछन् । कसैले कसैलाई भेदभाव गर्नु भनेको मानव अधिकार हनन् गर्नु नै हो । मानिसले मासिनसलाई नै विभिन्न किसिमका भेदभाव गर्ने गरेको पाइन्छ । समाजमा कतै जातिय भेदभाव, कतै लैङ्गिक भेदभाव हुने गरेका घटनाहरु थुपै्र हुने गरेका छन् । भेदभावले परापूर्वकालदेखि हाम्रो समाजमा जरा गाडेर फैलिएको छ । यो यस्तो विष हो जसले भगवानको यो सुन्दर संसारमा एक अर्कालाई समान देख्न सक्दैन । कहिले जातीय, कहिले लिङ्ग, कहिले आर्थिक अवस्था, कहिले रङ्ग र कहिलेकाही नयाँ परिस्थितिले सिर्जना गर्ने भेदभाव सायद हामीले आफ्नो समाज नियाल्दा देख्ने पहिलो कमजोरी हो । यदि हाम्रो समाज कुनै पनि किसिमको भेदभावबाट मुक्त हुन सकेन भने हामीले कहिले पनि स्थायी विकास लक्ष्यहरू हासिल गर्न सक्दैनौ ।
२१ औ शताब्दीमा आइपुग्दा समेत अझै पनि भेदभावले हाम्रो समाजमा जरा गाडेर बसेको छ । हाम्रो बौद्धिकता कस्तो छ भन्ने कुरालाई अझै हाम्रो समाजमा भएको भेदभावले दर्शाउने गर्दछ । प्राय अरु सामाजिक मुद्दा जस्तो भेदभाव अशिक्षासँग मात्र सम्बन्धित छैन, किनकि हाम्रै समाजमा पनि नियालेर हेर्ने हो भने शिक्षित र अशिक्षित बिचमै भेदभाव हुने गर्दछ । यो आफैमा हास्यष्पद र बिडम्बनाको विषय हो । हरेक वर्षको मार्च १ गते विश्वभरी नै संयुक्त राष्ट्र संघले शून्य भेदभाव दिवस मनाउने गर्दछ । आज पनि यो दिवस विश्वभर मनाइदै छ । तर यो दिवसले सार्थक रुप भने पाउन सकेको छैन । छुवाछुत भेदभाव गर्नु भनेको मानव अधिकार हनन् गर्नु नै हो । यसर्थ विभेदको अन्त्य गर्न विशेष गरेर राज्यको ध्यान जान जरुरी छ ।

प्रकाशित मिति: सोमबार, फागुन १७, २०७७  ११:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update