पाल्पा, महिलाहरुलाई आर्थिक रुपमा सक्षम र आत्मनिर्भर बनाउन अगरबत्ती तालिम दिइएको छ । बडिज्ञानटोल विकास संस्था तानसेनको ब्यवस्थापन र नागरिक स्वरोजगार केन्द्रको आयोजनामा महिलालाई एक दिने अगरबत्ती बनाउने तालिम दिइएको हो । महिलाहरुलाई अगरबत्ती बनाएर आफै स्वरोजगार बनी आत्मनिर्भर बन्नका लागि तालिम दिइएको टोल विकास संस्थाले जनाएको छ ।
सोमबार तालिमको नगर प्रमुख अशोक कुमार शाहीले एक औपचारिक कार्यक्रमका बचि उद्घाटन गरेका हुन् । तालिमको उद्घाटन गर्दै नगर प्रमुख शाहीले महिलालाई आत्मानिर्भर बनाउन तालिमले महत्वपूर्ण टेवा पु¥याउने बताए । उनले तालिममा सहभागीहरुलाई व्यवसायिक रुपमा लाग्न आग्रह गरेका छन् । प्रमुख शाहीले भने ‘तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्नुहोस्, जसले गर्दा आफै आम्दानी गर्न सकिन्छ ।’ उनले व्यवसाय गर्न चाहने महिलाहरुका लागि नगर सरकारले आवश्यक सहयोग गर्ने समेत बताए । कार्यक्रमका विशिष्ठ अतिथी तथा वडा अध्यक्ष बरुण प्रसाद रेग्मीले तालिममा सिकेको सीपलाई ब्यवहारमा परिणत गर्न सहभागीलाई आग्रह गरे । उनले वडाका महिलाहरुलाई आर्थिक रुपमा सवल र सक्षम बनाउनकै लागि महिला लक्षित कार्यक्रम तथा योजनाहरुलाई प्रथामिकतामा राखिएको बताए । वडा सदस्य शान्ति झेडीले महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले आयोजित तालिममा सहभागीहरुले राम्रोसँग उपयोग गर्नुपर्ने बताईन् । तालिममा ४० जना महिलाहरुको सहभागीता रहेको थियो । तालिमको प्रशिक्षक शिक्षा भुषालले महिलाहरुलाई सीप सिकाएर दक्ष बनाउदै आर्थिक रुपले बलियो बनाउने तालिमको मुख्य उद्देश्य रहेको बताईन् । उनले उत्पादित वस्तुको बजारिकरणका लागि संस्थाले सहयोग गर्ने समेत बताईन् ।