Shittalpati
माथागढीले सहिदलाई यसरी सम्झियो

पाल्पा (माथागढी), जिल्लाको माथागढी गाउँपालिकाले ७१औं प्रजातन्त्र दिवसका अवसरमा सच्चा सहिदहरुलाई सम्झदै विविध कार्यक्रम गरेको छ । नेपालमा जारी जहानियाँ राणा शासनको अन्त्य गरी देशमा प्रजातन्त्र ल्याउन उल्लेखनिय योगदान पुर्‍याएका सहिदहरुको योगदानलाई सम्झदै गाउँपालिकाले विविध कार्यक्रम गरेको हो ।

प्रजातन्त्र स्थापनाका लागि भएको संघर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठले खेलेको भूमिकाको गाउँपालिकाले चर्चा गरेको छ । गाउँपालिका उपाध्यक्ष निर्मला भट्टराईले २००७ सालको क्रान्तिले एक सय चार वर्षसम्मको राणाहरूको एकतन्त्रीय शासनबाट नेपालीलाई मुक्ति दिलाउने काम सहिदहरुले गरेको स्मरण गर्दै सहिदको योगदानको सबैले अनुसरण गर्नुपर्नेमा जोड दिइन् । नेपालमा जारी जहानियाँ राणा शासनको अन्त्य गरी देशमा प्रजातन्त्र आएको दिनको सम्झनामा हरेक वर्ष फागुन ०७ गते प्रजातन्त्र दिवस मनाउने गरिएको छ । सहिद शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठले प्रजातन्त्र स्थापनाका लागि वि.सं. १९९७ माघमा बलिदानी दिएका थिए । प्रजा परिषद् नामक राजनीतिक दल भूमिगत रूपमा स्थापना गरी प्रजातन्त्र स्थापनाका लागि जनतामा जागरण ल्याएको अभियोगमा उनीहरूलाई मृत्युदण्ड दिइएको थियो । एकसय चार वर्षीय जहानियाँ राणा शासनको विरुद्धमा जनताले आन्दोलन गरी रगत बगाएपछि राणा शासकले जनता समक्ष घुँडा टेक्न बाध्य भई प्रजातन्त्र स्थापना भएको घोषणा गरिएको थियो । सोही दिनमा सम्झना गर्दै गाउँपालिकाले प्रत्येक वर्ष औपचारिक कार्यक्रमको आयोजना गर्ने गरेको छ । सोही अवसरमा गाउँपालिकाले कार्यालय परिसर सरसफाई, गाँउपालिका अन्तर्गतका कर्मचारीहरूको हाजिरी जवाफ प्रतियोगिता, जनप्रतिनिधि तथा कर्मचारीहरूको एकल ब्याटमिन्टन प्रतियोगिता र गाँउपालिका अन्तर्गतका जनप्रतिनिधि तथा कर्मचारीहरूको ल्याब प्रयोगशाला, रक्तचाप र तौल जाँच गरेको थियो ।

प्रकाशित मिति: सोमबार, फागुन १०, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update