Shittalpati
पाल्पा निस्दीका एक पुरुष घरमै मृत भेटिए

पाल्पा, जिल्लाको निस्दी गाउँपालिकाका ३ झिरुवासका एक पुरुष घरमै मृत भेटिएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार झिरुबासका २८ वर्षीय प्रेम बहादुर राना आफ्नै घरको सुत्ने कोठामा मंगलबार मृत अवस्थामा भेटिएका हुन् ।

परिवारले कोठामा गएर हेर्दा रानालाई मृत अवस्थामा देखेपछि प्रहरीलाई खवर गरेका थिए । खबर लगत्तै इलाका प्रहरी कार्यालय रामपुरबाट प्रहरी टोली उक्त घटनास्थल पुगेको थियो । घटना के कति कारणले घटेका हो भन्ने विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लक्ष्मण पचभैंयाले जानकारी दिए ।

प्रकाशित मिति: बुधबार, फागुन ५, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update