Shittalpati
पाल्पाको रामपुरमा अबैध सालको चिरान काठ बरामद

पाल्पा,जिल्लाको रामपुर नगरपालिका ५ सुन्दर टोलबाट ठूलो परिणाममा अबैध सालको चिरान काठ बरामद गरिएको छ । रामपुर सव–डिभिजन वन कार्यालयले बुधबार राती १ सय १० क्यू फिट सालको चिरान काठ बरामद गरेको हो ।

सव–डिभिजन वन कार्यालयको टोलीले सालको काठ चिरान गरी लुकाइराखेको खबर पाएपछि त्यसतर्फ जाँदा सडक निजिकैबाट काठ बरामद गरेको जनाइएको छ ।

काठ नियन्त्रणमा लिइएको र काठ लुकाई राख्ने व्यक्तिको खोजी हुनुका साथै थप अनुसन्धान भइरहेको सव–डिभिजन वन कार्यालय रामपुरले जनाएको छ । कार्यालयका अनुसार काठ कटानका लागि कुनै पनि अनुमति नदिएको र काटिएका काठमा पनि कसैको टाँचा निशाना छैन ।

सालको काठ काट्नको लागि प्रतिवन्ध लगाइए पनि जिल्लामा लुकीछिपी काठ काट्ने गरेको पान्छ । लकडाउनको मौका छोपेर जिल्लामा ठूलो परिणाममा सालको काठ काटिएको गुनासाहरु आउने गरेका छन् ।

 

 

 

प्रकाशित मिति: बिहीबार, माघ १५, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update