Shittalpati
जाडोले दुई दिन विद्यालय बन्द

बुटवल, बाक्लो हुस्सु र अत्यधिक चिसो बढेका कारण रुपन्देहीको सैनामैनामा दुई दिन विद्यालय बन्द गरिएको छ । स्थानीय बिदाबाट कट्टी गर्ने गरी बिहिबार र शुक्रबार बिदा गरिएको सैनामैना नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनालले बताए । बालबालिकाको स्वास्थ्यलाई ध्यान दिँदै विद्यालय बन्द भएकाले सो निर्णय कार्यान्यवन गर्न विद्यालयलाई निर्देशन दिइएको छ । नगरपालिकामा कूल एक हजार ८ सय ३६ निजी तथा सार्वजनिक विद्यालय छन् । –रासस

प्रकाशित मिति: बिहीबार, माघ १५, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update