Shittalpati
स्वास्थ्यकर्मीलाई तालिम

पाल्पा, स्वास्थ्यकर्मीहरुलाई दादुरा रुवेला खोप सम्बन्धी तालिम दिईएको छ । फागुन १ गतदेखि नौ महिना उमेर समूह देखि ५ वर्ष मुनिका बालबालिकालाई दादुरा रुवेला खोप लगाउने राष्ट्रिय कार्यक्रम अनुरुप जिल्लाको रिब्दीकोट र रैनादेवी छहराका ३६ जना स्वास्थ्यकर्मीहरुलाई रैनादेवी छहरामा एक दिने तालिम दिइएको हो । दादुरा रुवेला खोप अभियानलाई सफल र सार्थक पार्न तालिमसँगै अभिमुखिकरण कार्यक्रम गरिएको रैनादेवी छहराका स्वास्थ्य शाखाका प्रमुख जीवन रानाले जानकारी दिए ।

कार्यक्रममा रैनादेवी छहरा गाउँपालिकाका अध्यक्ष राम बहादुर कार्की, प्रमुख प्रसासकिय अधिकृत खेत बहादुर खत्री लगाएतले खोप अभियानमा सबै सरोकारवाला निकायबाट साथ र सहयोग हुनु पर्ने बताए । दादुरा रुवेला खोप कार्यक्रम पहिलो चरणमा फागुन १ गतेबाट रामपुर नगरपालिका, निस्दी, पुर्वखोला, रम्भा, र माथागढी गाउँपालिकामा सञ्चालन हुने स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । यस्तै दोस्रो चरणमा फागुन १५ गतेदेखि तानसेन नगरपालिका, बगनासकाली, तिनाउ, रिब्दीकोट र रैनादेवी छहरा गाउँपालिकामा सञ्चालन हुने जिल्ला स्वास्थ्य कार्यलयका प्रमुख विश्वनाथ न्यौपानेले जानकारी दिए ।

प्रकाशित मिति: मंगलबार, माघ २८, २०७६  १०:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update