Shittalpati
माथागढीका विद्यालयमा अर्धवार्षिक परीक्षा पौष २१ देखि

पाल्पा । कोभिडका कारण परीक्षाहरु समेत नियमित हुन सकिरहेका छैन् । परीक्षहरु नियमित हुन नसकिरहेका बेला जिल्लाको माथागढी गाउँपालिकाले भने स्वास्थ्य मापदण्डलाई पालना गरी पठन पाठनसँगै परीक्षाहरु सञ्चालन गरेको छ । यस अघि नै शैक्षिक संघ संस्थाहरु सञ्चालन गरेको गाउँपालिकाले परीक्षाहरु पनि सञ्चालन गर्ने तयारीमा जुटेको छ । गाउँपालिकाले सुरक्षाका सम्पूर्ण मापदण्डहरुलाई ध्यानमा राख्दै सबै विद्यालयका कक्षा १० सम्मका परीक्षाहरु सञ्चालन गर्न लागेको छ ।

गाउँपालिका अन्तर्गतका सबै विद्यालयहरुको शिशुदेखि कक्षा १० सम्मको अर्धवार्षिक परीक्षा यहि पौष २१ देखि सञ्चालन गर्न लागिएको गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ । गाउँपालिकाको परीक्षा समितिको बैठकले यहि पौष २१ गतेदेखि १० कक्षासम्मको अर्धवार्षिक परीक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो । गाउँपालिका अन्तर्गतका सबै विद्यालयमा एउटै मिति र एउटै समयमा बिहान ११ बजेदेखि २ बजेसम्म परीक्षा सञ्चालन गरिने शिक्षा शाखाका संयोजक जगेन्द्र पन्थीले जानकारी दिए । परीक्षा पौष २९ गतेसम्म सञ्चालन हुनेछ । परीक्षालाई शान्ता मर्यादित, नियमपूर्वक, अनुशासनका साथ सञ्चालन गर्न सबै विद्यालयका प्रधानाध्यापकहरुलाई निर्दैशन दिइसकिएको गाउँपालिकाका फोकल पर्सन अशेष भट्टराईले बताए ।

प्रकाशित मिति: आइतबार, पुस १९, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update