Shittalpati
बँदेलको आक्रमणबाट चार जना घाइते

दाङ । दाङमा जंगली बँदेलको आक्रमणबाट चार जना घाइते भएका छन् । घाइते हुनेमा लमही नगरपालिका–१ बरूवागाउँका ४० वर्षीया हिरादेवी चौधरी, वडा २ डोडहीका आठ वर्षीय शिरीष गिरी, सोही ठाउँका ५५ वर्षीया धनिया चौधरी र ३० वर्षीय मिठ्ठु चौधरी रहेका छन् । घाँस दाउरा काट्न शनिबार १० बजेतिर नजिकैको सामुदायिक वनमा गएको अवस्थामा बँदेलको आक्रमणबाट उनीहरु घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काका अनुसार बँदेलले उनीहरुको खुट्टामा आक्रमण गरेको छ । घाइतेमध्ये शिरीष र मिठ्ठुलाई लमही अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बुटवल सिफारिस गरिएको छ । धनियाँ र हिरादेवी चौधरीको लमहीमै उपचार भइरहेको प्रहरीले जनाएको छ । –रासस

प्रकाशित मिति: आइतबार, पुस १९, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update