Shittalpati
पाल्पा टेक्निकल इन्स्टिच्यूटका अनमीलाई शिरपोस

भरत शर्मा
पाल्पा । जिल्लामा प्राविधिक शिक्षालयका रुपमा अग्रणी भूमिका खेल्दै आएको पाल्पा टेक्निकल इन्स्टिच्यूटले २३ औं व्याचका अनमी विद्यार्थीहरुलाई शिरपोस वितरण गरेको छ । इन्स्टिच्यूटले एक कार्यक्रमका बिच शनिबार तानसेनमा अनमी विद्यार्थीहरुलाई शिरपोस वितरण गरेको हो । शिरपोस वितरण कार्यक्रममा नेकपाका नेता नेत्रप्रसाद पाण्डेले स्वास्थ्य सेवाका कार्यमा लाग्ने जो सुकैले पनि आफ्नो सेवाको पहिलो लक्ष्य दुर्गम स्थानमा रहेका गरिबी, विपन्न परिवारलाई रोज्नुपर्ने बताएका छन् । उनले इन्स्टिच्यूटले भौतिक सुविधाले सम्पन्न भएको पाल्पा अस्पतालसँग मिलेर काम गर्ने वातवरण मिलाउन आफु तयार रहेको बताए । प्रमुख अतिथि समेत रहेका पाण्डेले १५ बेडको पाल्पा अस्पताललाई छोटो कार्यकालमै ५० बेडको बनाउन सफल भएको उल्लेख गर्दै अस्पताललाई थप सुविधा सम्पन्न बनाउन आफु प्रतिवद्ध भएर लागेको धारणा व्यक्त गरे ।

कार्यक्रममा इन्स्टिच्यूटका प्रिन्सिपल तिलोचन पौड्यालले आगामी शैक्षिक शत्रदेखि डिप्लोमा तहका कार्यक्रम सञ्चालन गर्न सबै भौतिक पूर्वधार तयार रहेको बताए । उनले पश्चिम क्षेत्रका दुर्गम जिल्लाहरु रुकुम, रोल्पाबाट समेत अध्ययन गर्न विद्यार्थीहरु आएको बताउँदै दिक्षित विद्यार्थीहरुले निस्वार्थ भावले स्वास्थ्य सेवामा अग्रसर हुनुपर्ने बताए । कार्यक्रममा लुम्बिनी मेडिकल कलेजका कार्यकारी निर्देशक गोपालबहादुर पोखरेलले पाल्पामा स्वास्थ्य क्षेत्रको विकासका लागि पिटिआईको भूमिका महत्वपूर्ण रहेको बताउँदै यसलाई सहयोग गर्न आफ्नो कलेज सदैव तयार रहेको बताए । नेपाल प्रेस युनियनका जिल्ला सभापति भरत शर्माले गुणस्तरी स्वास्थ्यकर्मी निर्माणमा पिटिआईले गरेको योगदानको अन्य संघ संस्थाहरुले पनि सिको गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा युनाइटेड मिसन अस्पताल समुदाय स्वास्थ्य विभागका प्रमुख पार्वती गौतमले विद्यालयको सफलताको शुभकामना व्यक्त गरेकी थिइन् । शिरपोस प्राप्त गर्ने अनमी छात्राहरुलाई इन्स्टिच्यूटका शिक्षिका चुनुमैया श्रेष्ठले सपथ गराउँदै फ्लोरेन्स नाइटि·ेलले जस्तै विरामीको सेवा गर्न विद्यार्थीहरुलाई आग्रह गरिन् । इन्स्टिच्यूटका अध्यक्ष भेषराज नेपालको सभापतित्व, सदस्य बुद्धिप्रसाद शर्माको स्वागत, शिक्षिका कमला पौडेलको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: शनिबार, पुस १८, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update