
पाल्पा । सनातन धर्म सेवा समिति तानसेनको अधिवेशन भएको छ । समितिको अमरनारायण मन्दिर परिसरभित्र नवनिर्मित हनुमान मन्दिरमा बुधबार धान्य पूर्णिमाको दिन गुठ पुजा सहित अधिवेशन भएको हो ।
अधिवेशनले वरुण रेग्मीको अध्यक्षतामा नयाँ कार्य समिति निर्विरोध निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा सरस्वती शर्मा, सचिवमा पुष्करराज रेग्मी, कोषाध्यक्षमा विश्वराज रेग्मी रहेका छन् । समितिको सदस्यहरुमा सन्तोषकुमार नेपाल, पदम राज पौडेल, बुद्धिराज नेपाल, श्रीधरकुमार नेपाल, रमेश काफ्ले, रामजी ढुङ्गाना, रिता पौडेल, तुल्सा नेपाल र कल्पना खनाल निर्वाचित भएका छन् । सभाले केशवराज नेपाल, केशवराज पौड्याल र शिवहरि रेग्मीलाई सल्लाहकारमा चयन गरेको छ । यस्तै सभाले मधु पौडेल, रामजी ढुङ्गाना र श्रीधर नेपाललाई यस वर्षको सूचना संवाहकको रुपमा चयन गरेको छ । सभामा विश्वराज रेग्मीद्वारा ५ लाख ४ हजार २ सय ४९ रुपैयाँ बराबरको आयव्यय प्रस्तुत गरिएको थियो । सोही अवसरमा २०७६ को एसर्ईइ परीक्षामा उच्च अंक ल्याउने गुठी सदस्यका सन्तती खुसी नेपाललाई नगद पुरस्कारद्वारा सम्मान गरियो थियो । केशवराज नेपालको अध्यक्षता, पुष्पा काफ्लेको स्वागत, पुष्करराज रेग्मीको सञ्चालनमा कार्यक्रम भएको थियो । समितिले हनुमान मन्दिरलाई थप संरक्षण र सम्बद्र्धन गर्ने, सनातन संस्कृतिको व्यापीकरण गर्ने, गुठीको इतिहास र हनुमानको महिमा झल्कने गरी स्मारिका प्रकाशन गर्ने निर्णय समेत गरेको छ ।