Shittalpati
लुम्बिनी प्रदेशमा भएका छुट्टाछुट्टै घटनामा तीनको मृत्यु

पाल्पा । लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु भएको छ । लुम्बिनी प्रदेशको रुपन्देही र दाङका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु भएको हो । रुपन्देहीको बुटवल उपमहानगरपालिका ६ स्थित सिद्धार्थ राजमार्गमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । ना.७ ख १३३९ नंम्बरको लहरीले लु.४९ प.२५२ नं.को स्कुटीलाई ठक्कर दिदा स्कुटी चालक सोही स्थानका ४९ वर्षीय भरत शर्मा घाइते भएका थिए । घाइते उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रदेश प्रहरीले जनाएको छ । प्रहरीले लहरी चालक र स्कुटी नियन्त्रणमा लिई थप अनुसन्धान थालेको छ ।

यस्तै रुपन्देहीको तिलोत्तमा नगरपालिका –१५ सखुवानीमा सवारी दुर्घटनामा एक पुरुषको मृत्यु भएको छ । लु ३७ प ९१७८ नं.को मोटरसाईकल आफै अनियन्त्रित भई सडकको रेलिङमा ठोकिन जादाँ मोटरसाईकल चालक ओमसतिया गाउँपालिका १ मा बस्ने ३५ वर्षीय कमल प्रकाश कार्की घाईते भएका थिए । घाइते उनलाई क्रिमसन अस्पताल मणिग्राममा उपचारका क्रममा मृत्यु भएको प्रदेश प्रहरीले जनाएको छ ।

त्यस्तै रुपन्देहीको गैडहवा गाउँपालिका ६ गुलरिया स्थित लुम्बिनी कलौनी सडकको छेउमा मृत अवस्थामा एक व्यक्तिको शव फेला परेको छ । सोही स्थानका २६ वर्षीय दिनेश लोध सडक छेउमा राखिएको परालमा मृत अवस्थामा फेला परेका थिए । उनी विवाहमा जान्छु भनि घरबाट हिडेको र बताइएको छ । उनको मुख र नाकमा चोट रहेको प्रदेश प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर १८, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update