Shittalpati
स्थानीय पाठ्यक्रमका पुस्तक सार्वजनिक

बुटवल । देश संघीय संरचनामा गइसकेपछि स्थानीय सरकारहरुले स्थानीय पाठ्क्रम निर्माण गरी पुस्तक नै तयार पार्न थालेका छन् । प्रदेश पाँचका केही स्थानीय तहहरुले कोरोना भाइरसले शिक्षा क्षेत्रमा प्रत्यक्ष असर पुर्‍याइरहेका बेला थानीय पाठ्यक्रम अनुरुप नयाँ पाठ्यपुस्तक तयार पार्न थालेका हुन् ।

बुटवल उपमहानगरपालिकाले स्थानीय पाठ्यक्रम अनुरुपमा नयाँ पाठ्यपुस्तक तयार पार्दै सार्वजनिक गरेको छ । उपमहानगरपालिकाले गत असारदेखि नै विद्यालयहरुमा पठनपाठन भइरहेको पाठ्यक्रम अन्तर्गतका पुस्तकहरु तयार पार्दै मंगलबार सार्वजनिक गरिएको हो । केन्द्रीय पाठ्यक्रमले समेट्न नसकेका र स्थानीय आवश्यकताको आधारमा वर्तमान अवस्थामा प्रयोगमा ल्याइएका आधारभूत तहका सामाजिक र नेपाली विषयका पाठ्यक्रमहरुको आवश्यकता अनुसार विषयवस्तु छनौट गरि तहगत उद्देश्य निर्धारण गर्दै पाठ्यपुस्तक तयार पारिएको छ । बुटवलको पाँच वर्षे शैक्षिक योजना अन्तरगत सबै सामुदायिक विद्यालयहरुलाई मण्टेश्वरी प्रणालीमा लैजाने, आधारभूत तहको शिक्षालाई अनिवार्य र स्थानीय विषयहरुलाई समेत पाठ्यक्रममा समेटिएको छ । स्थानीय पाठ्यक्रम निर्माणका लागि शिक्षाविद्हरुको संलग्नतामा बुटवलले विशेष कार्यदल गठन गरेको थियो । सोही कार्यदलले ०७५ असारमा पाठ्यक्रम तयार पारेको थियो ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २५, २०७७  १७:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update