Shittalpati
तिहारमा देउसी,भैँलो र जुवातास नखेल्न पाल्पा प्रशासनको आग्रह

पाल्पा,यो वर्ष तिहारमा देउसी,भैलो खेल्न नपाइने भएको छ । कोभिड—१९ संक्रमणको जोखिमका कारण यो वर्ष देउसी भैलो खेल्न नपाइने भएको हो । जिल्ला प्रशासन कार्यालय पाल्पाले संक्रमणको जोखिम कायमै रहेकाले देउसी, भैलो नखेल्न सबैमा आग्रह गरेको छ ।
चाडपर्वका बेला सामाजिक विकृतिका रुपमा रहेको जुवातास नखेल्न समेत प्रशासनले आग्रह गरेको हो ।

प्रशासनले मंगलबार एक सूचना जारी गर्दै संक्रमण बढ्दै गएकाले घरमै बसेर रमाइलोका साथ परिवारमा पर्व मनाउन अनुरोध गरेको छ ।
प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेद्वारा जारी गरिएको सूचनामा भुइचम्पा र पटका पड्काउने, आतासबाजी गर्ने जस्ता कार्यहरुबाट जनस्वास्थ्य तथा शान्ति सुरक्षामा असर पर्न जाने हुँदा त्यस्ता विष्फोटक तथा प्रज्वलनशिल पदार्थहरुको खरिद, विक्री वितरण, ओसारपसार तथा प्रयोग नगर्न नगराउनुहुन उल्लेख गरिएको छ । यदि कोही कसैले सूचनाको उल्लंघन गरे कानुनअनुसार कारवाही गरिने जनाइएको छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २५, २०७७  १६:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update