Shittalpati
बडादसैंको छैटौं दिन : कात्यायनीको पूजा आराधना गरी मनाइदै

पाल्पा । बडादसैंको छैटौं दिन हिन्दूधर्मालम्बीहरूले कात्यायनीको पूजा गरी दसैं मनाउँदै छन् । विजयादशमीको दिन भगवतीले दानवी शक्तिमाथि र रामले रावणमाथि विजय हासिल गरेको उपलक्ष्यमा नवदुर्गा भवानीको प्रसाद स्वरुप रातो टीका र जमरा लगाउने चलन छ ।

यस दिन पनि जलपूर्ण कलशमा पञ्चपल्लव चढाई अनन्त शक्तिस्वरूपा महाकाली (संहार), महालक्ष्मी (सुरक्षा) र महासरस्वती (सृष्टि) को पञ्चोपचारले पूजा–आजा गरिन्छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक ६, २०७७  १३:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update