
पाल्पा । जिल्लामा अवैध काठ सहित चालकलाई नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी कार्यालयले रम्भा गाउँपालिका ५ स्थित सेर्काबास हेक्लाङ कच्ची सडक खण्डमा हेक्लाङबाट सेर्काबास तर्फ आउदै गरेको लु ३ त ३२७० नं.को ट्याक्टरबाट अबैध सालको काठ सहित सवारी चालकलाई नियन्त्रणमा लिएको हो ।
प्रहरी चौकी ताहुँबाट प्र.स.नि. शिव कुमार यादवको कमाण्डमा खटिएको टोलीले चेकजाँच गर्ने क्रममा ट्याक्टरबाट ३९.४२ क्यूफिटको २४ थान अबैध सालको काठ बरामद गरेको छ । अबैध काठ सहित स्याङ्जा कालिगण्डकी गाउँपालिका २ लसर्घाका २८ वर्षीय टंक बहादुर दमाईलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मदिन गिरीले जानकारी दिए । उनका अनुसार बरामद अबैध काठ र चालक दमाइलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि डिभिजन बन कार्यालय पाल्पामा बुझाएको छ ।