Shittalpati
पाल्पामा फरार अभियुक्त पक्राउ

पाल्पा । जिल्लामा चोरी मुद्दामा फरार रहेका एक अभियुक्त पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले फरार सूचिमा रहेका रैनादेवी छहरा–८, का २२ वर्षीय जीवन रायमाझीलाई पक्राउ गरेको हो । जिल्ला अदालत पाल्पाबाट चोरी मुद्दामा दोषी ठहर भएका रायमाझीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । प्रहरीले चोरी मुद्दामा फरार सूचिमा रहेका उनलाई पक्राउ गरी आइतबार नै जिल्ला अदालतमा बुझाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पछिल्लो समय प्रहरीले अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भएर पनि कैद भुक्तान नगरी फरारको सूचिमा रहेका अभियुक्तलाई पक्राउ गर्दै आएको छ । प्रहरीले गत बुधबार लागूऔष र चोरी मुद्दाका फरार तीन जना अभियुक्तलाई पक्राउ गरी कारागार चलान गरेको थियो । तिनाउ गाउँपालिका ६ का २५ वर्षीय सीता बुचा मगर, सोही स्थानका ४२ वर्षीय खुमबहादुर विक र तानसेन १० बस्ने २७ वर्षीय गणेश रानालाई पक्राउ गरी प्रहरीले कारागार चलान गरेको हो । पक्राउ परेका बुचा र विक लागूऔषध मुद्दा र राना चोरी मुद्दामा दोषी ठहर भएका थिए । अदातलले दोषी करार गरेपनि उनीहरु फरारको सूचिमा रहेका थिए ।

प्रकाशित मिति: आइतबार, असोज २५, २०७७  १९:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update