सशस्त्र प्रहरीद्वारा मन्दिर सरसफाई

विजयादशमीको पूर्वसंन्ध्यामा शसस्त्र प्रहरी बल नेपाल नं. ३५ गुल्म हेडक्वाटर पाल्पाको आयोजनामा तानपा १ ध्रुवघाटको चण्डीमन्दिर परिसर शनिबार सरसफाई कार्य भएको छ ।
शसस्त्र प्रहरी बल नेपाल नं. ३५ गुल्म हेडक्वाटर पाल्पाका अनुसार नेपालीहरुका दुई प्रमुख पर्व दसैँ र तिहार नजिकिदै गर्दा गुल्मले जिल्लाका धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थलहरुको प्रवद्र्धन र सरसफाई गर्ने कार्यलाई निरन्तरता दिने भएको छ ।

प्रकाशित मिति: शनिबार, असोज २४, २०७७
प्रतिक्रिया दिनुहोस्