Shittalpati
आज विश्व हुलाक दिवस मनाइँदै

पाल्पा । आज विश्व हुलाक दिवस मनाइदै छ । सञ्चार सेवाको सबैभन्दा पुरानो तथा भरपर्दो माध्यम हुलाक सेवाको महत्व बुझाउँदै शुक्रबार विश्व हुलाक दिवस मनाउन लागिएको हो । आपसी सद्भाव र सञ्चारको माध्यमको रुपमा रहेको हुलाक सेवालाई थप समन्वयात्मक बनाउने उद्देश्यसहित सन् १८७४ को अक्टोबर ९ मा विश्व हुलाक संघ स्थापना भएको दिनको सम्झनामा हरेक वर्ष विश्व हुलाक दिवस मनाउने गरिएको छ ।

नेपाल सन् १९५६ मा आएर विश्व हुलाक संघको सदस्य बनेको थियो । त्यहि वर्षदेखि नेपालमा पनि विश्व हुलाक दिवस मनाउन लागिएको हो । नेपालमा वि.सं. १९३५ देखि हुलाक सेवा औपचारिक सुरुवात भएको हो । पछिल्ला वर्षमा सञ्चारका अरु सजिला, छरिता र भरपर्दा माध्यमको विकास तथा पहुँच बढ्दै गएपछि हुलाक सेवा संकटमा परेको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज २३, २०७७  १०:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update