Shittalpati
पाल्पामा लागूऔषध र चोरी मुद्दाका फरार अभियुक्त कारागार चलान

पाल्पा । पाल्पामा लागूऔष र चोरी मुद्दाका फरार अभियुक्तलाई कारागार चलान गरिएको छ । जिल्ला प्रहरी कार्यालयले अदालतबाट दोषी भई फरार रहेका अभियुक्तलाई पक्राउ गरि कारागार चलान गरेको जनाएको छ । पाल्पा जिल्ला अदालतबाट लागूऔषध र चोरी मुद्दामा दोषी ठहर भएका तीन जनालाई पक्राउ गरी बुधबार कारागार चलान गरिएको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा तिनाउ गाउँपालिका ६ का २५ वर्षीय सीता बुचा मगर, सोही स्थानका ४२ वर्षीय खुमबहादुर विक र तानसेन १० बस्ने २७ वर्षीय गणेश राना रहेका छन् । पक्राउ परेका बुचा र विक लागूऔषध मुद्दा र राना चोरी मुद्दामा दोषी ठहर भएका थिए । अदातलले दोषी करार गरेपनि उनीहरु फरारको सूचिमा रहेका थिए । उक्त प्रतिवादीहरुलाई आवश्यक कारवाहीको लागि बुधबार जिल्ला अदालत पाल्पा पठाईएको थियो । अदालत पाल्पाको आदेश अनुसार कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मदन गिरीले बताए ।

प्रकाशित मिति: बुधबार, असोज २१, २०७७  १७:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update