Shittalpati
कोरोना भाइरसबाट सर्तक रहौं

चीनमा यतिबेला ‘कोरोना भाइरस’ले त्रासदी फैलाएको छ । यो भाइरसका कारण त्यहाँ कतिपयको मृत्यु समेत भइसकेको छ । भाइरसले सैयौं प्रभावित छन् । भाइरसले विश्वव्यापी जोखिम बढाएको छ । यो भाइरसको संक्रमण चिनबाट फैलिएर अमेरिका, जापान, दक्षिण कोरिया, ताइवान, हङ्कङ, मकाउ, थाइल्यान्ड, भियतनाम लगायतका मुलुकमा फैलिसकेको छ । नेपाल पनि यो भाइरसको उच्च जोखिममा परेको छ । चीनबाट नेपाल आएका दुई नेपालीमा पनि संक्रमण फेला परेको सरकारी अस्पतालले पुष्टि गरिसकेको छ । चीनले महामारीका रुपमा फैलिन सक्ने र अनियन्त्रित हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै युद्वस्तरमा नियन्त्रण प्रयास थालनी गरेको छ । यतिखेर कोरोना भाइरसले विश्वलाई नै जोखिममा पार्ने त्रास पनि उत्तिकै बढाएको छ ।

नेपाल सरकारले भ्रमण वर्ष–२०२० मनाइरहँदा कोरोना भाइरसको जोखिमले पर्यटन वर्ष प्रभावित हुने हो कि भन्ने आशङ्क गर्न थालिएको छ । नेपाल र चीनबीच आवतजावतसँगै व्यापार पनि बढ्दो छ । उत्तरी सीमा जोडिएका कारणले होस् चाहे बाक्लो आवतजावतकै कारण नै किन नहोस् नेपाल कोरोना भाइरसको उच्च जोखिममा रहेको छ । चीनले महामारीका रुपमा फैलिन सक्ने र अनियन्त्रित हुन सक्ने सम्भावना रहेको रातारात उच्च सावधानी अपनाइरहेको छ । नेपालमा पनि जुनसुकै बेला कोरोना भाइरस महामारीका रुपम फैलिन सक्ने भएकाले तीनै तहको सरकारले जनचेतना अभिवृद्धि गर्दै संक्रमण रोक्न सबै किसिमका उपाय अवलम्बन गर्नुपर्छ । विश्वव्यापी रुपमा चिन्ता व्यक्त गरिएको यस संक्रमण नेपालमा समेत देखा परिसकेको सन्दर्भमा परीक्षण र उपचारको प्रबन्ध गर्ने दायित्वबाट सरकारका पछि हट्नु हुँदैन । जनवारबाट सर्ने एक रहस्यमयी भाइरस हो यो । यो भाइरस एउटा प्रजातिको जीवबाट अर्कोमा सजिलै सर्छ ।

यसरी सर्दैसर्दै मान्छेसम्म पुग्छ । यसबाट सुरक्षित रहनु भनेको अहिलेको अवस्थामा सजग र सतर्क रहनु नै हो । रुघाखोकी लागेको व्यक्तिको सोझो सम्पर्कमा नरहने, भिडभाडमा सावधानी अपनाउने, सरसफाईमा विशेष ध्यान दिनुपर्छ छ । संक्रमण फैलि नसक्दै पूर्वसतर्कता अपनाउन सकिएमात्रै महामारी रोक्न सकिने भएकाले संक्रमणबाट बच्ने उपायका बारेमा व्यापक प्रचार–प्रसार गर्दै सर्तकता अपनाउन जरुरी छ ।

प्रकाशित मिति: आइतबार, माघ १९, २०७६  १०:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update