Shittalpati
अस्ताए नेविसंघका संस्थापक सदस्य अर्याल

पाल्पा । नेपाल विद्यार्थी संघका संस्थापक सदस्य प्रेमनाथ अर्यालको निधन भएको छ । ७५ वर्षको उमेरमा उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौंमा अर्यालको शुक्रबार साँझ निधन भएको हो ।

गुल्मीको मालिका गाउँपालिका मर्भुङ्गमा स्थायी घर भएका अर्यालले गुल्मीको राजनैतिक, शैक्षिक र सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएका छन् । आदर्शवान छवीका अर्याल जिल्लाको निरन्तर काँंग्रेसको राजनीतिमा सक्रिय थिए । नेपाली काँग्रेस गुल्मीका सभापति भुवनप्रसाद श्रेष्ठले अर्यालको निधनले नेपाली काँग्रेसलाई ठूलो क्षती पुगेको बताएका छन् ।

पार्टीमा अर्यालको महत्वपूर्ण योगदान रहेपनि पार्टीबाट उनको कुनै पनि मूल्यांकन नभएको सभापति श्रेष्ठले गुनासो गरे । उनले प्रजातान्त्रिक आन्दोलनका योद्वाका साथै एक निष्ठवान, आदर्श व्यक्तित्वका रुपमा अर्याल रहेको स्मरण गरे । आफ्ना संस्थापक सदस्यको निधनमा नेपाल विद्यार्थी संघले दुःख व्यक्त गरेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल, विपिन कोइराला, शिवबहादुर खड्का, चिरञ्जिवी वाग्ले लगायतका नेताहरुका अर्याल निकट मित्र थिए । विपी कोइराला, कृष्णप्रसाद भट्टराईसँग अत्यन्तै निकटमा रहि काम गरेका अर्याल पञ्चायतकालमा ३ वर्ष जेल बिताएको पाइन्छ । उनले इतिहासमा एमए र सर्वदर्शनमा आचार्य गरेका थिए । अर्यालका ६ भाई छोरा २ छोरी र श्रीमती रहेका छन् ।

प्रकाशित मिति: शनिबार, माघ १८, २०७६  १७:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update