Shittalpati
रासायनिक मलको बढ्दो प्रयोग र हानी

पछिल्लो समय नेपालमा रासायनिक मलको प्रयोग बढ्दो रहेको छ । खेतीयोग्य जमिनमा रासायनिक मलको अत्याधिक प्रयोगले माटोमा अम्लीय बढ्दै गएको छ । कृषकले रासायनिक मललाई प्राङ्गारिक मलको रुपमा प्रयोग गर्दा माटोमा अम्लीय बढेको पाइन्छ । माटो परीक्षण नगरी रासायनिक मल प्रयोग हुनु र गोबर मलको घढ्दो प्रयोगले माटोमा अम्लीयपन बढ्दै गएको हो । आम कृषकहरुले तत्कालै बढी उत्पादन लिने र अन्य मलको तुलनामा राख्न पनि सहज हुने भएपछि रासायनिक मलको बढी प्रयोग गर्ने गरेका छन् । जसले गर्दा माटोको उर्वरशक्ति पनि ह्रास हुँदै गएको छ । खेतबारीमा बढी उत्पादन लिने उद्देश्यले जथाभावी रुपमा रासायनिक मलको प्रयोग गर्दा माटोमा अम्लीयपन बढेको हो । परम्परागत रूपमा नेपालमा प्राङ्गारिक मलको चलन व्यापक थियो । रासायनिक मलको प्रयोग निकै पछिबाट सुरु भएको हो । रासायनिक मलको प्रयोग उचित ढंगले गर्न नजान्दा माटोमा अम्लीयपना आउने र माटो चिम्टिया बन्ने गर्छ । माटाको पनि वर्षैपिच्छे परीक्षण गर्नुपर्ने हुन्छ । तर, नेपालका आम किसानले प्राविधिकको सल्लाह र सुझाव अनुसार रासायनिक मलको प्रयोग गर्ने गरेको पाइँदैन ।

रासायनिक मल विष पनि हो, यो चेतना आम कृषकमा विकास हुन सकेको छैन, जसले गर्दा जथाभावी विषादीको प्रयोग व्यापक भएको छ । रासायनिक मलको प्रभाव माटोमा २५ वर्षसम्म रहिरहन्छ, जसले माटो चिम्टिया बनाउन मद्दत गर्दछ । एउटै माटोका प्रकार फरक–फरक हुन्छ । तराईको चिप्लो माटो पहाडको चिप्लो माटोमा निकै भिन्नता छ । उनीहरूका गुण र विशेषता फरक–फरक छन् । उर्वरा क्षमता पनि फरक छ । यसमा प्रमुख भूमिका वातावरणको रहने गर्छ । माटो एउटै भएपनि कुन वातावरण मुनि बसेको छ भन्ने कुराले फरक पार्छ । सो अनुसार कुन ठाउँको माटोमा कस्तो कुराको कमी देखियो भन्ने हो । माटोमा रहेका सूक्ष्म जीवाणुहरूमा देखापरेका समस्यालाई अध्ययन गरी कहाँ कस्तो चुनौती देखिएको छ, पत्ता लाउन सकिन्छ । किसानहरूमा धेरै रासायनिक मलको प्रयोग गर्दा धेरै उत्पादन हुन्छ भन्ने मानसिकताका कारण माटो संरक्षणमा चुनौती थपिएको छ भने अर्को कुरा रासायनिक मल तथा विषादीको प्रयोग, बाली चक्र नअपनाउने जस्ता कारणले माटोमा अम्लीयपना बढ्न गई ऊर्वराशक्तिमा ह्रास आउने गरेको छ । यसका लागि कृषि चुनको प्रयोग गर्नुपर्ने हुन्छ तर त्यो कुरा सबै किसानलाई जानकारी पनि छैन । तसर्थ रासायनिक मलको प्रयोग गर्दा आवश्यक मात्रा पु¥याएर गर्नु उपयुक्त हुन्छ ।

प्रकाशित मिति: मंगलबार, भदौ ९, २०७७  १०:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update