Shittalpati
विपद्का बेला गर्नुपर्ने उद्दार र तयारीका विषयमा प्रदर्शनी

गुल्मी । जिल्लमा विपद्को समयमा उद्दार गर्ने शैलीका विषयमा तयार गरेको प्रयोगात्मक अभ्यास प्रदर्शन गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा विरभद्रजंग गुल्म गुल्मीले विपद् पूर्व तयारी स्वरुप प्राकृतिक विपत्ति अन्तर्गत भुकम्प, बाढी पहिरो, आगालागी, सडक दुर्घटना जस्ता विपद्का विषयमा खोज तथा उद्दार पूर्व तयारी स्वरुप विपद जोखिम पूर्वतयारीको प्रयोगात्मक अभ्यास गरेको हो हो । विपद् हुनु अघि, विपद्का बेला र विपद् भैसकेपछि तीनवटै अवस्थामा अपनाउनुपर्ने सावधानीका विषयमा जिल्लाका सुरक्षा निकायहरुले जनचेतनामुलक प्रदर्शन गरेका हुन् । पहाडी क्षेत्रमा हुने बाढी पहिरो, डुबान तथा आगलागी जस्ता विपत्तिमा तत्काल गर्नुपर्ने सहयोगका विषयमा जनताबिच प्रर्दशन गरिएको हो । मध्य पश्चिम पृतना हेडक्वार्टर, बुटवलबाट विपद् व्यवस्थापन कार्यमा विशेषज्ञता हासिल गरेको फौजहरू कालीभक्ति गण (ई) र नं.२ विपद् व्यवस्थापन गणबाट यस गुल्म हातामा आवश्यक उपकरण सहित खटाइएको थियो ।

विपद् प्रतिकार्यमा विशेषज्ञता हासिल गरेका उक्त फौज मध्येबाट छनौट गरी गुल्ममा ३० जना शिक्षार्थीहरू सहभागी गराई साउन १८ गतेबाट ट्याक्टिकल लेवल सर्च एण्ड रेस्क्यू रिफ्रेशर तालिम सञ्चालन भएको थियो । अभ्यासमा खटिएका सेनाका जवानहरू कोही घाइते भएको, कोही डाक्टरको अभिनयमार्फत प्रदर्शन गरेका थिए । विपद् आइसकेपछि उद्दारका लागि गाउँवासीलाई उनीहरुले गुहार गरेको दृश्य देखिन्थ्यो । ऐया मरे बचाउ बचाउ बचाउ बचाउ भन्दै कोही रोई कराई रहेका थिए । सेनाले घटनास्थलमा खटिएर घाइेतहरूलाई स्टेचरमा राखेर सुरक्षित स्थानतर्फ लग्दै थिए । सुरक्षा तयारीका साथ खटिएका नेपाली सेनाले घाइतेहरूलाई ओसार्न र प्राथमिक उपचार गर्न तल्लिन देखिन्थ्यो । अभ्यासमा विभिन्न प्राकृतिक विपत्ति, दुर्घटना, भूकम्प जस्ता विपत्तिमा कृतिम कथा बनाई प्रयोगात्मक अभ्यास गराइएको थियो । जिल्ला सदरमुकाम तम्घासको नेपाली सेनाको ब्यारेकमा जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मा, सुरक्षा निकायका प्रमुखहरुको सहभागितामा अभ्यास गराइएको हो ।

प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update