Shittalpati
जनताका न्यूनतम आवश्यकता पुरा गर

समस्याले सबैलाई सताएको छ । यसबाट सिंगो मुलुुकको विकास योजनाका सधैँ समाजको दिनचर्यामा अत्यन्तै ठूलो समस्या परेको छ । केन्द्र सरकार, प्रदेश र स्थानीय सरकारहरुले दैवी प्रकोप र बाढीका कारण सृजित प्रकोपलाई न्यूनिकरण गर्ने तर्फ लागि परेता पनि समस्या समाधानमा कुनै सकारात्मक प्रभाव देखिएको छैन । करोडौका भौतिक संरचनाहरु क्षत/विक्षत भएका छन् । मानवीय क्षति भएका छन् । जोखिम बढिरहेका छन् । प्राकृतिक प्रकोपसँगै राजनैतिक अस्थिरता पनि कायमै रहेको अवस्था छ अहिले मुलुकमा । प्रधानमन्त्री फेर्ने, सत्तारुढ दलको नेतृत्व परिवर्तन गर्ने र सेवा सुविधा थप्ने कामका लागि भएका खिचातानीले जनता र इमानदार कतिपय नेता समेत अहिले अन्यौलमा परेका छन् ।

जनताका न्यूनतम आवश्यकतासँगै कोभिड–१९ को महामारीले सृजना गरेको अवस्था प्रति राजनेताहरुले खाँसै चासो दिएका छ्रैनन् । सत्ताको लडाई र ठूला नेताहरुको आफ्नो स्वार्थका कारण पनि यी सबै समस्याहरु आइपरेका हुन् । यस्ता समस्याको समाधानमा ध्यान दिनुको साटो जिम्मेवार नेता, प्रधानमन्त्री र मन्त्रीहरु नै सत्ताको लडाईमा लडिरहेका छन् । यसले गर्दा दैवी कोभिड–१९ र दैवी प्रकोपले थला परेका जनता झन्भन्दा झन् समस्यामा गुज्रिरहेका छन् । सरकारले जनताका समस्यामाथि मल्हम लगाउनुको साटो समस्यामाथि समस्या थप्ने बाहेक केही पनि गर्न सकेको छैन । लोकतन्त्रमा जनता मालिक हुनुपर्नेमा नेता मालिक भएका कारण पनि मुलुुकले नयाँ दीशावोध गर्न नसकेको हो कि भन्ने सबैमा भान भएको छ । यस्तो अवस्थामा जनताले आहत र राहत नपाउने हो भने हामीले दुःखका साथ प्राप्त गरेको लोकतन्त्र र बहुमतको सरकारप्रति नै जनविश्वास गुमेर जाने बाहेक केही पनि हुन सक्दैन । त्यसकारण सरकार सबै समस्या एकै साथ समाधान गर्न असमर्थ भएपनि जनताका न्यूनतम आवश्यकता प्रति ध्यान जाओस् ।

प्रकाशित मिति: बुधबार, साउन १४, २०७७  १०:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update