Shittalpati
बी.पी. कोइराला :  नेताका रुपमा स्थापित व्यक्तित्व

नेपाली काँग्रेसका जननी भनिने महा मानव बी.पी. कोइरालालाई आज देश भरका काँग्रेसका कार्यकर्ताहरुले संस्मरण गर्ने दिन हो । काँग्रेस बिना देशमा आमूल परिर्वतन गर्न संभव छैन । काँग्रेसले नै आम जनतालाई रैतिबाट मालिक बनाउने, मुलुकमा लोकतान्त्रिक व्यवस्थाको स्थापना गर्ने हो भन्ने व्यक्ति महामानव बी.पी. कोइराला नै हुन् । बी.पी.कोइरालालाई दुरदर्शी नेताका रुपमा लिने गरिन्छ । यस विषयमा धेरै कुरा खोतली रहनु नपर्ला । २०३८ साल पुष १४ गते भनेको कुरा आज सत्य तथ्य प्रष्टिएको छ । हाम्रा छिमेकीहरुलाई चिढाउने काम गर्नु हुँदैन म जहिले पनि जोड दिन्छु । चिन र भारतको मित्रता हो भनेर हिन्दुस्थान वा चिनमा निर्भर भएर यहाँ राजनीति गर्न चाहान्छ भने त्यो सफल हुँदैन । हो यतिखेर प्रधानमन्त्री ओलीले चिनको ज्याकेट लगाएर भारतको आलोचना मात्र नभई विरोध गर्नु भनेको राजनीति असफलता हो भन्ने बुझिन्छ । प्रजातान्त्रिक समाजवाद स्थापना गरेपछि आम जनतामा आर्थिक समानता हुने छ भनेर नीति बनाएर मुलुकलाई समाजवाद उन्मूख गोरेटोमा डोराउन खोज्दा तत्कालिन दरवारिया तत्व, छिमेकी मुलुक भारतलाई पाच्य नहुँदा २०१७ साल पौष एक गते प्रजातान्त्रिक व्यवस्थाको अपहरण भयो । त्यसै दिनदेखि नै बी.पी.को व्यक्तिगत जीवनमा आफुले परिकल्पना गरेको समाजवाद उन्मूख व्यवस्था सहितको लोकतान्त्रिक व्यवस्थाको अनुभूती गर्ने दिन कहिल्यै आएन । बी.पी. कोइराला नेपालका एक मात्र नभई दक्षिण एशिया कै नेताका रुपमा स्थापित व्यक्तित्व हो । उनको आर्थिक, सामाजिक, शैक्षिक, राजनैतिक क्षेत्रमा आफनै दृष्टिकोण भएका व्यक्ति हुन् । बी.पी.लाई भन्न त तत्कालिन दरबारिया तत्वबाट सिर्जित भ्रमलाई नेपालका कम्युनिष्ट पार्टीले कुप्रचार गर्दछन् ।

बी.पी.को दृष्टिकोणमा छिमेकी मुलुक भारत, चिन प्रतिको व्यवहार अहिलेको खातेहरुको जस्तो थिएन । चिनले सगरमाथाको विषयमा किचलो उठायो । त्यसलाइ उनले सधैका लागि थन्काएको हो । जहाँ त्यस विषयमा अहिलेसम्म विवाद उल्झिएको छैन । त्यहि विषय अहिले भएको भए विक्री हुन्थ्यो । भारतसँगको सवालमा नेहरु, गान्धीसँग मिलेर अंगे्रज विरुद्धको आन्दोलनबाट भारतलाई स्वतन्त्र बनाएको हो । जति बी.पी.ले भारतिय नेतालाई सहयोग गरेका हुन्, त्यति नै तिनै नेताले बी.पी.लाई मात्र होइन आम नेपालीको स्वतन्त्रताको अस्मिता प्रति खेलवाड नै ग¥यो । भारतको जस्तो बी.पी.ले नगरेका कारण बी.पी. नेतृत्वको सरकार अल्पायूमा नै मरेर गयो । सत्ता मोह व्यक्तिगत स्वार्थ कहिल्यै नभएका व्यक्तित्व विदेशीसंग आफ्नो स्पष्ट धारणा राख्ने क्षमता थियो । विदेशीले दिएको सहयोग लिने तर दाताको शर्तमा नभई आफ्नो मुलुक सुहाउँदो निशले अनुदान लिनुपर्दछ, भन्ने थियो तर आज विदेशीको सहयोग लिँदा विदेशीको सहयोग अनुरुप चल्दा मुलुक अप्ठारो अवस्थामा गुज्रिएको छ । विदेशी नीति पनि आफ्नो स्वार्थ हुँदा यतिखेर नेपाल भारतको बिच शित युद्व नै भएको छ ।

हुन त कस्तो विडम्वना पहिलो लोकतान्त्रिक व्यवस्था लाई राजा महेन्द्रले अपहरण गर्दाका दिन बेलुका घर घरमा दिपावली गर्ने पार्टीलाई लोकतान्त्रिक मान्नु परेको छ यतिखेर । हुन त तिनै आत्मघाती पार्टीसँग मिलेर क्रियाशील राजतन्त्रको व्यवस्थालाई अन्त्य गरी जनताद्वारा चुनिएका व्यक्तिबाट जनता माथि साशन गर्ने व्यवस्था २०४८ साल भयो तर त्यति बेला आम जनताले समाजवादी व्यवस्था स्थापना हुनेछ, भन्ने अपेक्षा थियो । तर तर आफ्नै दाजुले परिकल्पना गरेको समाजवादी व्यवस्थामा मुलुक डो¥याउन बी.पी. कै भाइले सक्नु भएन । त्यसका लागि दुईवटा मुख्य विषय एंव कारण छन् । पहिलो पार्टी भित्र निरन्तर असहयोग, प्रतिपक्ष दलको बादरे प्रवृतिका कारण गिरिजाप्रसाद कोइरालाको नेतृृत्वको सरकार तिन वर्षका अवधिमा नै अन्त्य सँगसँगै बी.पी.को आर्थिक निति समेत अन्त्य भएको हो ।

त्यसै दिनदेखि आर्थिक निति मात्र नभएर विदेशी नीति समेत क्रमिक रुपमा ओरालो बाटोमा लागेको हो । बी.पी.लाई आर्दश पुरुष ठान्ने काँग्रेस यतिखेर पूँजीवादी बाटोमा उन्मुख भएको छ । यसले सिद्धान्त प्रति बिचलित आउनु पार्टीको नेतृत्वका कारण हो । त्यसको ज्वालान्त उदाहरण एमसिसीलाई लिन सकिन्छ । यस्ता धेरै विषयहरु छन् । स्वार्थमा प्रेरित नहुनु पनि सकिने आधार धेरै छन् । हाम्रो मुलुकमा के छैन । के–के विक्री गर्न सकिदैन । सबै छन् । मात्र प्रयोग र उपयोग नभएका हुन । दोस्रो विश्व युद्वबाट प्रताडित जापानले जसरी काम गर्‍यो त्यसै गरी यहाँ पनि सकिने थियो । यही नै बी.पी.को प्रजातान्त्रिक समाजवाद हो । विदेशी सहयोगका विषयमा राष्ट्रको स्वार्थभन्दा व्यक्तिको स्वार्थ हावी भएका कारण आज नेपाली काँग्रेस विदेशी दवाबको दल–दलमा नराम्रोसँग फसेको पनि सत्य हो । २०१७ साल पुष १ गते बेलुका दिपावली गर्नेहरुका लागि लोकतन्त्र र समाजवाद देखाउने दात मात्र हो ।

प्रकाशित मिति: मंगलबार, साउन ६, २०७७  ११:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update