Shittalpati
शून्य प्रतिशत ब्याजमा सुजुकी बाइक

काठमाडौं (एजेन्सी) । शून्य प्रतिशत ब्याजमा सुजुकी बाईक तथा स्कुटर खरिद गर्न सकिने भएको छ । सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक आयातकर्ता तथा वितरक भिजी अटोमोबाईल्स प्रालिले आफ्ना ग्राहकलाई मध्यनजर गर्दै शून्य प्रतिशत ब्याजमा सुजुकी बाईक तथा स्कुटर खरिद गर्न सकिने व्यवस्था मिलाएको हो ।

कम्पनीले कोरोना विशेष स्किमको घोषणा गरेको छ । विगत तीन महिनाबाट लकडाउनले पारेकौ आर्थिक असरलाई केही सहज मिलोस् भन्ने हेतुले उतारचढाव आइरहन्छ, सुजुकीको साथ रहिरहन्छु भन्ने मुल नारा राखेर प्रत्येक मोटरसाइकल तथा स्कुटरको खरिदमा १५ हजार नगद छुट वा शून्य प्रतिशत ब्याजदरको स्किमको आÞवान गरेको हो । ग्राहकलाई १५ हजार नगद छुट वा शून्य प्रतिशत ब्याजदर मध्ये जुन ठिक लाग्छ त्यो छानेर लिन सकिने कम्पनिले जनाएको छ । कम्पनीले अगाडि सारेको स्किम यहि साउन १ गते देखि ३१ गते सम्म नेपालभरका सम्पूर्ण शाखाहरुबाट प्राप्त गर्न सकिनेछ । एक्सचेञ्जमा समेत स्किम लागु गरेको कम्पनीले जानकारी दिएको छ । सुजुकीका जिक्सर २५० सिरिज, जिक्सर १ सय ५० सिरिज, ईन्ट्रडर तथा हयाते बाइक छन भने स्कुटर तर्फ वर्गम्यान, एक्सेस तथा लेट्स रहेका छन् । १ वर्ष अगाडि मात्र नेपाली बजारमा विक्री सुरु भएको जिक्सर भेरियन्ट युवा पुस्ताले निकै रुचाएको बाइकमा पर्दछ भने वर्गम्यान म्याक्सी स्कुटर भएकै कारण पनि लोकप्रिय रहेको छ ।

प्रकाशित मिति: मंगलबार, साउन ६, २०७७  ११:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update