Shittalpati
भानुको योगदानको अनुसरण गरौं

नेपाली भाषाका प्रथम कवि भानुभक्त आचार्यको नेपाली भाषा र संस्कृतिको जगेर्नामा महत्वपूर्ण योगदान रहेको छ । नेपाली भाषा र साहित्यका माध्यमबाट भानुभक्तले नेपाली समाजलाई एकाकार बनाएको पाइन्छ । समाजमा विभिन्न किसिमबाट योगदान गर्न सकिन्छ भन्ने कुराको महत्वपूर्ण उदाहरण भानुभक्त हुन् । भाषा र साहित्यका माध्यमबाट भानुभक्तले पु¥याएको योगदान सबैका लागि प्रेरणादायी रहेको छ । विसं १८७१ मा अहिलेको तनहुँ जिल्लाको चुँदी रम्घा भन्ने ठाँउमा भानुभक्त आचार्यको जन्म एउटा हुनेखाने परिवारमा भएको हो । भानुभक्तको सम्झनामा नेपाल, भारतको दार्जिलिङ्ग लगायतका क्षेत्रहरु अनि नेपाली समाजमा भएका विश्वभरिकै देशहरुमा भानुजयन्ती मनाइन्छ । आजको दिन विभिन्न साहित्य संघसंस्थाहरुले विविध कार्यक्रम गरी भानुजयन्ती मनाउने गर्दछन् । भानुभक्तलाई आदिकवि भनिन्छ । भानुभक्त कविमात्र नभएर नेपाली भाषाका ढुकढुकी हुन् र हरेक नेपाली जिब्राहरुमा भानुभक्तको लय अझै जीवित छ । भानुभक्तका विरोध र समालोचनामा समेत धेरै कुराहरु लेखिए । उनलाई केवल अनुवादको बिल्ला लगाउन चाहने नाङ्गा तर्कहरु पनि आए तर ति कुराहरु उनी प्रतिको अन्याय हो ।

नेपाली भाषा र विशेषतः भानुभक्तका कृतिहरुप्रतिको समर्पणले, नेपाली भाषाको फराकिलो दायरा र नेपालीपन उघोष गर्दछ । नेपाली साहित्यको श्रीवृद्धिमा भानुको योगदान अनुकरणीय र प्रशंसनिय रहेको छ । तत्कालिन समयमा कविताहरु र औपचारिक साहित्यहरु संस्कृत भाषामा हुने गर्दथे, यस अर्थमा संस्कृत भाषा बुझ्न र बुझाउन सक्ने ब्राह्मणहरुको आवश्यक्ता र महत्व धेरै थियो । सामान्य जनमानसले चाहेर पनि सरल अर्थमा आँफै साहित्य र कलात्मक अभिव्यक्ति बुझ्न गाह्रो थियो । भानुभक्तले उतिबेला सम्पूर्ण रामायणलाई नै संस्कृतबाट सरल नेपालीमा लिपिवद्ध गरिदिएका थिए । भानुभक्तले अध्यन र ज्ञानलाई भाषामार्फत सरलीकृत गरेर सबै नेपालीहरुको सरल पहुँचमा विस्तार गरेका हुन् । आफ्नो समाज र परिवेशबाटै भानुभक्तले सिकेका हुन् । तसर्थ यीनको रचनामा समाज र व्यवहारिक्ताको संगम पाइन्छ । भानुभक्तबाट अहिलेका पुस्ताले भाषामोह सिक्न जरुरी छ । छरिएका भाषाहरुलाई एकशुत्रमा बाँध्ने महान व्यक्ति, नेपालीजनका आदिकविको सम्झनामा आज विश्वभर नै कतै बलले, कतै करले त कतै चलन थाम्नका लागि मात्रैपनि कार्यक्रम गरेर मनाइन्छ । भानुभक्त विकल्प हैनन् बरु भानुभक्त हाम्रा लवजका आधार हुन् भन्ने सबैले बुझ्न जरुरी छ । तसर्थ उनको योगदानको सबैले अनुशरण गरी नेपाली साहित्यको विकासमा लाग्न आवश्यक छ ।

प्रकाशित मिति: सोमबार, असार २९, २०७७  १०:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update