Shittalpati
कता जादैछन् प्रधानमन्त्री ओली ?

प्रधानमन्त्री खडक प्रसाद ओलीले असार महिनाको मध्यतिर गाईजात्रा देखाए । गतवर्ष अर्काले देखाएको गाइजात्रा हेरेपछि बिरामी भए । यसपटक बेमौसममा गाइजात्रा देखाएर मुलुकलाई बिरामी बनाए । प्रधानमन्त्री त मन्त्री, संवैधानिक आयोग सबै संसदहरुतर्फ उत्तर दायदायी बन्नु पर्दछ । तर त्यसो हुन सकेको छैन । पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले खेलेको भूमिका र गरेका क्रियाकलापका विषयमा यहाँ चर्चा परिचर्चा गर्ने प्रयास गरिएको छ ।

संसदिय व्यवस्थालाई भन्ने हो भने त ओलीले र उनका दासहरुले संविधानको धारा ९३ को उपधारा २ बजेट र अधिवेशनको अन्त्य गरेको भन्लान् । तर एक जना ओलीको कारिन्दाले भनिन् । उनी ओलीको अन्ध भक्त भइन् । तर ओलीले मुलुकलाई अनिर्णयको बन्दी बनाएको भन्ने उनले मात्र होइन । ओलीका समर्थक जति सबैले नबुझेको सत्य हो । हुनत ओली बदमास, स्वाठ लठैत, भष्टका राजा सबै हुन् । त्यसैले सदनमा अविश्वासको प्रस्ताव आउन सक्ने, आफू अल्पमतमा पर्न सक्ने संकेत बुझेका कारण ओलीले बजेट अधिवेशनको अन्त्य गरेका हुन् । सविधानको मर्म अनुरुप मन्त्री परिषदको सिफारिसमा राष्ट्रपतिले ससंदको आÞवान र अन्त्य गर्ने हो । यसका लागि प्रतिनिधि सभाको सभामुख राष्ट्रिय सभाको अध्यक्षसँग परामर्श गर्नु पर्दछ । तर सन्काहा प्रवृत्तिका ओलीले कसैसँग परामर्श नगरी एकाएक बजेट अधिवेशन अन्त्य गरे ।

यस घटनाले ओलीलाई कायर मानशिकताको उपज भन्ने सकेत पनि गर्दछ । संसद र संसदिय दलमा ओली अल्पमतमा नै परेका हुन् । उनको उखान टुक्काले काम नगरेको यति खेर हो । हुन त ओली हिटलर बन्ने सपना देखेका थिए । यहि अनुरुपको काम पनि गरेका थिए । त्यसको परिमाण वामदेव गौतम, झलनाथ खनाल, माधव नेपाल, पुष्प कमल दाहाल, भिमरावल जस्ता व्यक्तिले ओलीको घेराबन्दी तोडेका हुन् । एकजना नेकपाका बाहलवाला केन्द्रिय सदस्यले चिया गफमा मन खिन्न हुनेगरी भन्ने नेकपालाई ओलीले डुबाए । बहुमतको सरकार बनाउने अवसर नेकपालाई आम जनताले दिएका हुन् । त्यसको उन्माद ओलीमा देखा प¥यो । जे बोलेपनि हुने, जे गरेपनि हुने जस्ता क्रियाकलाप गर्दै गए । वाइटवडी विमान सर्लक्कै ओलीले निले । ३३ किलो सुन खाए । गोकुल बास्कोटाको अडियो टेप सार्वजनिक भयो । ओलीले धेरै उदण्ड काम गरे । त्यसै कारणले ओली सत्ता च्युत मात्र नभई पार्टीको साधारण सदस्य नरहने गराउनु पर्छ । संसदमा कति वटा विधेयक छलफलका क्रममा थिए । योभन्दा पनि कोरोना संक्रमण नियन्त्रणका लागि महत्वपूर्ण छलफल गर्नु पर्ने थियो । तर सभामुख, राष्ट्रिय सभाका अध्यक्षसँग पनि समन्वय भएन । संविधानको धारा ९३ को उप धारा २ बमोजिम मन्त्री परिषदको सिफारिसमा राष्ट्रपतिबाट संसद अधिवेशनको आÞवान र अन्त्य गर्न सक्ने प्रावधान रहेको छ । प्रधानमन्त्रीले कसैसँग समन्वय नगरी उनले राष्ट्रपति कहाँ गएर अन्त्य गराए । राष्ट्रपतिले पनि परामर्श गर्नु पर्ने थियो । राष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेकै हैसियतमा कार्य पूरा गरिन् । त्यसैले आजित भएरै उनकै पार्टीले महा आभयोगको कुरा समय–समयमा उठाउने गर्दछन् । संसदमा फेस गर्न नसकेर ओलीले चिनिया राजदूतसँग गुहार मागे । ओली इतिहासकै भ्रष्ट व्यक्तिका रुपमा स्थापित भएका व्यक्ति हुन् । त्यसैमाथि उनकै कारण विदेशी हस्तक्षेप बढ्यो । चिनिया राजदूतले कुटनैतिक मर्यादानै नाघेर संविधान एंव प्रचलित कानुन विपरित नेकपाका नेता ढोका ढोकामा पुगेका हुन् । यो कुरा ओली सरकारभन्दा बाहिर भएको बखतमा भएको भए ओली र पार्टी सबै कपडा (नाङ्गो) फुकालेर सडकमा आउने थिए । वैदेशिक हस्तक्षेप बढ्दै जानु पनि राम्रो होइन । यसैले ओलीले सविधान समेत मिचे । यतिखेर दुईवटा विषयहरु निकै जल्दाबल्दा छन् र थिए । कोरोना नियन्त्रण र नागरिक विधेयक । यस्ता संवेदनशिल विषय छाडेर एकाएक अविश्वासको प्रस्तावको सामना गर्नुपर्ला भनेर मुलुकलाई बन्धक बनाउने काम ओलीबाट भएको सत्य हो । ओलीका कारण मुलुकलाई अनिर्यणको बन्दी बनाउन पाइदैन् । हुनत नेकपाको शब्दमा भन्दा पार्टी एकिकरणको काम पुरा भएको थिएन् । पार्टीको तल्लो तहसम्म समायोजना भएकै छैन । गर्दा–गर्दा कहाँसम्म पुग्ने भने अध्यादेश ल्याएर पार्टी विभाजन गर्ने मनस्थितीमा पुगे । आमजनता राजनैतिक पार्टीको क्रियाकलापबाट वाक्क हुँदा बरु पुरानै राजतन्त्र ठिक भन्ने अवस्थामा पुगे । काँग्रेसका सभापति शेरबहादुर देउवा, ओलीले जस्तो गर्दा ज्ञानेन्दे्रले व्यवस्थालाई अपा· बनाएर शासन व्यवस्थामा प्रति ग्रहण लगाए । भोलिका दिनमा ओलीले पनि व्यवस्थानै धरापमा पर्नेगरी काम नर्गलान् भन्न सकिदैन । फेरि ओलीले अहिले भारतलाई जिस्काए । त्यसले पनि ओलीका लागि फलदायक हुँदैन योपनि सत्य हो  ।

हुनत ओलीले यतिखेर सबै हत्याकाण्ड अपनाएका छन् । आफू धरापमा पर्ने भएपछि बजेट अधिवेशनको अन्त्य गरे, त्यसैगरी प्रमुख प्रतिपक्ष दलसगं सहयोगको याचना गरेका छन् । सबै कुरा आफ्नो आनीवानी र स्वाभावले भएको हो । हुनत उनीसँग इश्वर पोखरेल, पद्या अर्याल अन्य २ जना बाहेक कुनै सदस्य संन्तुष्टि छैनन् तर मुलुकमा लोकतन्त्र खतरामा पर्‍यो भने ओलीको कारणले हो । ओलीका मन्त्री मण्डलका सदस्यलाई कारवाही गर्‍यो भने बाँच्ने भनेको पूर्व माओवादी गु्रप हो । यस्ता–यस्ता प्रवृति र पात्रका कारण लोकतान्त्रिक व्यवस्थाप्रति आम जनतामा वितृष्णा पैदा भएको छ । अख्तियारले पारदर्शी तवरले काम गर्‍यो भने ओली बाल्कोट होइन नख्खु वा डिल्लीबजार भेटिने छन् । आम जनताले पनि अहिले चाहेको यहि हो । पार्टीका कुरा गर्दा नेकपा डुबाउने ओली, काँग्रेस डुबाउने देउवा हुन यस्ता व्यक्तिका कारण पछिल्लो समयमा आमजनताको राजनैतिक दलप्रति वितृष्णा जागेको सत्य हो । ठूला–ठूला भष्ट्रचारका काण्ड यही सरकारका समयमा भए । सर्वहाराको आवरणमा २०५१ सालमा विष्णु पौडेल चप्पल लगाएर पाल्पा आई पाल्पाली जनताले विजय गराई पठाएका पौडेलले बालुवाटारको जमिन खरिद प्रकरणमा विष्णु पैडेललाई बोकेपछि ओलीको कद खस्कियो । ओलीसगँ बचेगएको आफ्ना भित्रिया ठानिने विष्णु रिमाल ग्रुप र गोकुल बास्कोटाले सिध्याइदिदा चेत नखुलेका ओलीलाई के भन्ने ? प्रश्न यहाँ छ ।

हुनत ओलीले कोशी ब्यारेकको ढोका खोले जस्तो समाधानका लागि पार्टी अध्यक्ष पद नछोड्ने पदमा पुगेका छन् । दल फुटाउने र मध्यवधी निर्वाचनको सम्भावना टारेका छन् । तर ओलीसंगसंगै राष्ट्रपतिलाई पनि महाअभियोग लगाउनुपर्ने हुन्छ । हुनत फेरी चिनिया राजनीति फेरी प्रवेश गर्‍यो । चिनको राजदुतले माधव नेपाललाई भेटेर च्यातिएको ठाउँमा सिलाएका छन् । कुरा कतिपटक सिलाउने र टाल्ने हो । कपडानै फेर्ने ठाउँमा भुल्ला सिलाउने ठाउँ नै छैन । पञ्चायत कालिनमा भारतका एक व्यक्तिलाई पशुपतिनाथको दर्शन गर्न नदिएको, पछि भारतले व्यापार पारवहनमा कुरा उठाएर नाकबन्दी गर्‍यो दरबारलाई झुकाउन । तर स्वभिमान विरेन्द्र राजा भारतसंग झुकेनन् । आफ्ना प्रजासँग झुके । हो ओली पनि चिनको ज्याकेट लगाएर भारतीय सरकारको लगानीमा सञ्चालित संस्थामा गराएर भारतको विरोध गरेको कारणले पनि ओलीवाद पतनतर्फ उन्मूख भएको हो । (लेखक जिल्लाका क्रियाशील एवं समसामयिक विषयमा खरो रुपमा कलम चलाउने युवा पत्रकार समेत हुन् ।)

प्रकाशित मिति: आइतबार, असार २८, २०७७  १०:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update