Shittalpati
तनहुँमा ६७ जनाले जिते कोरोना

तनहुँ । तनहुँमा हालसम्म ६७ जनाले कोरोना जितेर घर फर्किएका छन् । व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसको आइसोलेशनबाट सोमबार एकैदिन ३२ जनाले कोरोना जितेर घर फर्किएसँगै उक्त संख्या पुगेको हो । आइसोलेशनमा बस्दै आएकामध्ये सबैभन्दा बढी ऋषिङ गाउँपालिकाका बासिन्दा १८, म्याग्दे गाउँपालिकाका छ, व्यास नगरपालिकाका पाँच र भानु नगरपालिकाका तीन जना रहेका छन् । आइसोलेशनमा रहेका उनीहरुको दोस्रो पटकको पिसिआर परीक्षण गर्दा रिपोर्टमा नेगेटिभ देखिएपछि डिस्चार्ज गरिएको व्यास नगरपालिकाका स्वास्थ्य प्रमुख प्रमोद सोतीले बताए । भारतबाट आएका उनीहरु दुई हप्तादेखि क्याम्पसको आइसोलेशनमा रहेर उपचार गराउँदै आएका थिए ।

भारतबाट फर्किएर पालिकाले बनाएका क्वारेन्टाइनमा बसेकाको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएपछि आइसोलेशनमा स्थान्तरण गरी उपचार थालिएको थियो । क्याम्पसको आइसोलेशनमा रहेका अन्य छ जनाको उपचार भइरहेको छ । जिल्लामा असार हालसम्म १ सय ४० जना कोरोना संक्रमित पुगेका छन् भने उपचारपश्चात् निको भएर घर फर्किनेको संखया पनि बढ्दै गएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए । -रासस

प्रकाशित मिति: सोमबार, असार २२, २०७७  १६:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update