पाल्पा, सेयर कारोबार मापक नेप्से परिसूचकमा बुधबार झिनो अंकले गिरावट आएको छ । सो अवधिमा १ दशमलव ६४ अंकले घटेको हो । मंगलबारको तुलनामा (दशमलव )६ प्रतिशतले घटेर समग्र नेप्से २ हजार ७ सय ११ दशमलव २२ अंकमा ओर्लेको छ । अघिल्लो दिन ८ दशमलव ७८ अंकले बढे पनि त्यो सुधार बुधबारसम्म टिकेन । ३ सय ३६ कम्पनीको ७१ लाख ३१ हजार ५ सय ५७ कित्ता शेयर ४७ हजार ८ सय ४१ पटक खरिद बिक्री हुँदा तीन अर्ब १९ करोड ७७ लाख ६६ हजार ७ सय ७९ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । सो अवधिको कारोबारमा बैंकिङ शून्य दशमलव १६, वित्त शून्य दशमलव १९, होटल तथा पर्यटन शून्य दशमलव २२, लगानी शून्य दशमलव ४०, लघुवित्त शून्य दशमलव ४८, म्युचुअल फन्ड शून्य दशमलव ८०, निर्जीवन बिमा शून्य दशमलव १९ र अन्य समूह शून्य दशमलव ०३ प्रतिशतले बढेको छ । अरु सबै समूहको उपसूचक घटेको छ । विकास बैंक शून्य दशमलव ५१, जलविद्युत् शून्य दशमलव ४३, जीवन बिमा शून्य दशमलव ३२ र उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ५६ प्रतिशतले घटेको छ । कारोबारमा फरवार्ड माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै १३ दशमलव ७४ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्य आठ दशमलव ९० प्रतिशतले घटेको छ ।
उ


