Shittalpati
गुल्मीमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २ सय ५७ पुग्यो

रमेश विश्वकर्मा

गुल्मी । जिल्लामा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसंगै जिल्लामा संक्रमितको संख्या २ सय ५७ पुगेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए । उनका अनुसार जिल्लाको धुर्कोट गाउँपालिकाका ५ जना, इस्मा गाउँपालिकाका ४ जना र रुरुक्षेत्र गाउँपालिकाका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जिल्लामा २० जना कोरोना संक्रमितहरु डिस्चार्ज भएर घर फर्किसकेका छन्, भने कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति: शुक्रबार, असार १२, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update