पाल्पा,आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि नेकपा एमालेका नेता एवं पाल्पा क्षेत्र नं. २ का उम्मेदवार ठाकुर प्रसाद गैरेले जन्मस्थान बगनासकाली गाउँपालिका वडा नं. ८ बराङ्दी देउरालीबाट चुनावी प्रचार अभियान शुरु गरेका छन् ।
सहिदको बलिदानको कारण नेपाल प्रजातन्त्र हुदै संघीय गणतान्त्रिक व्यवस्था आएकाले सहिद दिवसमा सहिदहरुप्रति माल्याणपण गर्दै आफ्नो जन्मस्थानबाट उनले चुनावी अभियान शुरु गरेका हुन । अभियानलाई सम्बोधन गर्दै उनले विद्यार्थीकालदेखी आफु देश र जनताप्रति समर्पित भई काम गर्दै आएको, भारतीय पक्षबाट कालापनी, सुस्ता जस्ता स्थानमा सिमा अतिक्रमण विरुद्ध सडक सर्घष देखी कालापानी, सुस्तामा मार्चपास गरेको, तत्कालीन राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासन विरुद्ध प्रजातन्त्रको लागि सडक संघर्ष गरेको, ऐनसेल भष्ट्रचार काण्डमा सडक अवरुद्ध जस्ता देशविरुद्ध भएका गतिविधिमा निरन्तर सघर्षमा जीवन बिताएको बताए ।
जीवनभर देश र जनताको पक्षमा काम गरे, २०७९ सालको निर्वाचनमा जनताले जिताएर पठाए पनि ५ बर्षे कार्यकाल पुरा नहुँदै पुन निर्वाचनमा आउन बाध्य भएको नेता गैरेले बताए । ५ बर्षे कार्यकाल पुरा नहुँदै संसद विघटन भएकाले संसद नहुदा शुरु गरेको विकास निर्माणका थुप्रै अधुरा योजनाहरु पुरा गर्न पुनः उम्मेदवार भई जनताको माझमा आएको उनले गैरेले बताए । विद्यार्थीकाल देखी नै जनता र देशको पक्षमा उभिएर निरन्तर राष्ट्रहितको पक्षमा काम गरेको बताउदै नेता गैरेले नेकपा एमालेबाट टिकट पाई उम्मेदवार भएपनि, आफु पाल्पाली जनताको साझा उम्मेदवार भएकोले सूर्यमा मतदान गरी विजय बनाउन अनुरोध गरे ।


