Shittalpati
मनोनयन दर्ता गर्न टिकट लिएर  आउदै पाल्पा क्षेत्र न . २ का काङ्ग्रेस उम्मेदवार श्रेष्ठ 

पाल्पा, नेपाली  कांग्रेस पाल्पा क्षेत्र नं २ का उम्मेदवार  हिमालदत्त श्रेष्ठलाई सोमबार अबेर मात्र  पाटिले टिकट दिएपछी उम्मेदवार मनोनयनका लागि आफ्नो निर्वाचन क्षेत्र फर्किएका छन्  । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनको लागि प्रत्यक्षतर्फ  पाल्पा -२ बाट उम्मेदवारको टिकट लिएर श्रेष्ठ  भोलि हुने मनोनयन दर्ताको लागि आज नै काठमाडौंबाट रात्रिकाली बस चढेर पाल्पा आउदै छन्  ।

उनी काङ्ग्रेस नेता यमलाल तिमिल्सिना, काङ्ग्रेसका केन्द्रिय सदस्य राजेन्द्र  गोपाल सिंह सहितका नेताहरुसंगै पाल्पा आउदै छन्  ।  श्रेष्ठ कांग्रेसका जिल्ला सभापति हुन् । उनी पहिलो पटक प्रतिनिधि सभाको उम्मेदवार बन्दै छन्  । नेविसंघबाट  राजनीतिक यात्रा सुरु गरेका श्रेष्ठ त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाको स्ववियु सभापति, नेविसंघको केन्द्रीय सदस्य , काङ्ग्रेस  महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य हुँदै जिल्ला सभापति भएका हुन् ।

उनले टिकट पाएपछि पाल्पा क्षेत्र नम्वर २ मा  पटक पटक काङ्ग्रेसले गुमाएको साख फर्किने चर्चा हुन थालेको छ। पाल्पाली जनतामाझ उनी  लोकप्रिय  छन्  । 

प्रकाशित मिति: सोमबार, माघ ५, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update