Shittalpati
पाल्पामा कांग्रेसले टुंग्यायो उम्मेदवार : दुबै नयाँ अनुहारका युवा नेता

पाल्पा,— नेपाली  कांग्रेसले पाल्पाका दुवै क्षेत्रमा  उम्मेद्वारको टुंगो लगाएको छ।  दुवै निर्वाचन क्षेत्रमा सोमबार अबेर मात्रै उम्मेदवारको टुंगो लागेको हो ।
काङ्ग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनको लागि प्रत्यक्ष तर्फ  यहाँका दुबै क्षेत्रमा नयाँ अनुहारका युवा नेतालाई उम्मेदवार  चयन गरेको छ । काङ्ग्रेसले पाल्पा क्षेत्र नं १ मा सन्दीप राना र क्षेत्र नं २ मा हिमालदत्त श्रेष्ठलाई  उम्मेदवार बनाएको हो । 

पाल्पा क्षेत्र नं १ मा टिकट पाएका राना नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य तथा अन्तर्राष्ट्रिय बीपी चिन्तन प्रतिष्ठानका अध्यक्ष हुन् ।
पाल्पा क्षेत्र नं २ मा टिकट पाएका श्रेष्ठ कांग्रेसका जिल्ला सभापति हुन् । दुबै जना उम्मेदवार कांग्रेसको विशेष महाविशनको पक्षमा खुलेका  थिए। दुवै नयाँ  अनुहारका युवालाई  टिकट दिएपछि पाल्पामा पटक पटक काङ्ग्रेसले गुमाएको साख फर्किने चर्चा हुन थालेको छ।

प्रकाशित मिति: सोमबार, माघ ५, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update