Shittalpati
मुलुकको आर्थिक समृद्धिमा सहकारी : नगरप्रमुख पन्थी

बुटवल,  नेपाल नगरपालिका महासंघ लुम्बिनी प्रदेशका संयोजक तथा रेसुङ्गा नगरपालिकाका गुल्मीका प्रमुख खिलध्वज पन्थीले मुलुकको आर्थिक समृद्धिमा  सहकारीको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । विहीबार लुम्बिनी बचत तथा ऋण सहकारी संघ लि. (प्रोस्कुन)को पाचौ वार्षिक साधारणसभालाई बुटवलमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

प्रमुख अतिथि समेत रहेका पन्थीले सहकारीले  विपन्नवर्गका आमनागरिकका लागि आर्थिक रुपमा सवल बन्न सहयोग गर्ने भएका कारण, सहकारी अभियान सिंगो मुलुकको आर्थिक सम्वृद्धिको महत्वपुर्ण खम्वा भएको बताए । अहिले वचत र ऋणको कारोवार गर्ने शहर केन्द्रीत कतिपय सहकारी संस्थाहरुको आर्थिक व्यवस्थापनमा देखिएका केही समस्याहरु सहकारी अभियानकर्ता, स्थानीय सरकार र केन्द्र सरकार सबै मिलेर खोज्नुपर्ने वेला भएको औल्याँदै उनले देशबाट गरीवी हटाउँनका लागि सहकारी अभियान बाहेक अर्को विकल्प नभएको उल्लेख गरे ।

नगर प्रमुख पन्थीले नियम कानूनको सही कार्यान्वयन र अनुगमनको पाटोलाई ध्यान दिने हो भने, सरकारी, नीजी र सहकारीका तीनै निकायहरुले सहकारी अभियानलाई कसरी जनमूखी र पारदर्शी बनाउँने भन्ने विषयमा ध्यान दिने बेला आएको औल्याए ।

प्रोस्कुनका प्रदेश अध्यक्ष कृष्ण नेपालले सहकारी आफैमा ऐन कानूनका साथै सूशासन र आत्मअनुशासनले मात्रै अगाडि बढ्नुपर्नेमा कतिपय सहकारीका सञ्चालकहरुका गलत सोंचका कारण समस्या आएको बताए । उनले सबै तहका सरकार र सहकारी अभियानकर्मीहरुको संयुक्त प्रयासबाट समस्याहरुको पहिचान र समाधान गर्नुपर्नेमा जोड दिए । अध्यक्ष नेपालको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष ऋषिराम सापकोटाको स्वागत र महासचिव वसन्तप्रसाद ढकालको सञ्चालनमा  कार्यक्रम भएको थियो । साधारणसभामा महिला उपाध्यक्ष मिना सिग्देल, कोषाध्यक्ष प्रेमवहादुर गुरुङ्ग, लेखा सुपरीवेक्षण समितिका संयोजक कृष्ण चौहान क्षेत्रीले प्रस्तुत गरेका प्रतिवेदनहरु साधारण सभाले पाारित गरेको छ । साधारण सभामा पाल्पा रामपुरको अन्धकार मुक्ति वचत  तथा ऋण सहकारी संस्था र रुपन्देही बचत तथा ऋण संघ लि.ले यो बर्ष उत्कृष्ठ व्यवस्थापन गरेकोमा सम्मान गरिएको थियो । 

 

प्रकाशित मिति: बिहीबार, पुस १०, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update