Shittalpati
गुल्मीमा थप ४४ जनामा कोरोना संक्रमण

रमेश विश्वकर्मा
गुल्मी । जिल्लामा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै जिल्लामा संक्रमितको संख्या २ सय ३७ पुगेको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए । उनका अनुसार मालिका गाउँपलिकाका ९ जना, ईस्मा गाउँपालिकाका ३२ जना, मुसिकोट नगरपालिकाका १ जना र रुरुक्षेत्र गाउँपालिकाका २ जना रहेका छन् ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा एकैदिन ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएका उनिहरु भारतबाट आएर स्थानीय तहहरुले निर्माण गरेका क्वारेन्टाईनमा बसेका थिए । अहिलेसम्म २० जनाले कारोना जितेर घर फर्केका छन्, भने अहिलेसम्म जिल्लामा कोरोनाका कारण ३ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति: सोमबार, असार ८, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update