Shittalpati
प्रभु बैंक पाल्पा शाखाद्वारा विद्यार्थीलाई वित्तिय साक्षरता

पाल्पा, प्रभु बैंक लिमिटेड पाल्पा शाखाले जिल्लाको एक विद्यालयका विद्यार्थीहरुलाई वित्तिय साक्षरता प्रदान गरेको छ । बैंकले रिब्दीकोट  गाउँपालिका–२ देउरालीमा रहेको श्री आर्दश माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई वित्तिय साक्षरता प्रदान गरेको हो । 
शाखाका सम्बन्ध अधिकृत बसन्त कार्की र दर्शन शर्माले बैंक तथा वित्तिय संस्थाले प्रदान गर्ने सेवाका बारेमा प्रष्ट पारेका थिए । उनीहरुले बैंक खाताका प्रकार, डिम्याट खाता, डिजिटल बैंकिङ्ग, तथा बचतको महत्वका बारेमा प्रष्ट पारेका थिए । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भिमलाल अधिकारी, प्र.अ. निर्मल प्रसाद खनालले अध्यनरत विद्यार्थीहरुका लागि वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम गरी बैंकिङ प्रक्रिया, सेवा, सुविधाका बारेमा जानकारी गराइदिएकोमा बैंकलाई धन्यवाद दिए । उनीहरुले वर्तमान अवस्थामा बंैक तथा वित्तिय क्षेत्रका विषयमा जानकारी हासिल गर्नु जरुरी रहेको भन्दै बैंकले आगामी दिनमा पनि साक्षरता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे । कक्षा ९, १०, ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुलाई वित्तिय साक्षरता प्रदान गरिएको हो ।

सोही अवसरमा बैंकले  विद्यालयलाई ‘वाटर डिस्पेन्सर’  समेत सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विद्यालयलाई दुई थान पानी  चिसो, तातो सफा गर्ने उपकरण बाटर डिस्पेन्सर निःशुल्क सहयोग गरेको हो । चिसो मौसम बढ्दै गएपछि बैंकले विद्यार्थीहरुलाई दक्षित गरी  सफा, चिसो, तातो पानी उपलब्ध गराउने उद्देश्यले विद्यालयमै पुगेर ‘वाटर डिस्पेन्सर’ वितरण गरेको जनाएको छ । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भिमलाल अधिकारी, रिव्दीकोट गाउँपालिका वडा –२ का वडा अध्यक्ष ओम प्रसाद पोखरेल र प्र.अ. निर्मल प्रसाद खनाललाई उक्त ‘वाटर डिस्पेन्सर’  हस्तान्तरण गरिएको हो । 
 

प्रकाशित मिति: बिहीबार, पुस ३, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update