पाल्पाबाट अवैध युरिया मल बरामद
पाल्पा, पाल्पामा ६० क्विन्टल अवैध युरिया मल बरामद भएको छ । जिल्लाको बगनासकाली गाउँपालिका– ३ आर्यभञ्ज्याङस्थित सिद्धार्थ राजमार्ग सडक खण्डमा प्रहरीले चेकजाँच गर्ने क्रममा उक्त परिमाणमा अवैध मल बरामद गरेको हो ।
स्याङ्जाबाट बुटवलतर्फ जाँदै गरेको लु.प्र. ०१–००१ ख ०९५९ नम्बरको मिनी ट्रकलाई रोकी चेक जाँच गर्दा ६० क्विन्टल मल बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक कुशल सिंह ठकुरीले जानकारी दिए । उनले भने “विना विल बिजक मल ल्याइएको छ । जहाँ कृषक युरिया वितरक कृषि सामग्री कम्पनी लिमिटेड कुलेश्वर काठमाडौं लेखिएको छ ।” नियन्त्रणमा लिएको अवैध मल, ट्रक र ट्रक चालक सहित आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय रुपन्देही पठाईएको प्रहरी निरीक्षक ठकुरीले जानकारी दिए ।
प्रकाशित मिति: बिहीबार, मंसिर १८, २०८२
प्रतिक्रिया दिनुहोस्


-1762576335.jpg)