
रमेश विश्वकर्मा
गुल्मी, जिल्लामा आइतबार थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै जिल्लामा कोरोना संक्रमितको संख्या १ सय ७९ पुगेको स्वास्थ कार्यालयका प्रमुख डा. भवानीप्रसाद शर्माले जानकारी दिए । उनका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा एकै दिन जिल्लाको सत्यवती गाउँपालिकाका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कोरोना संक्रमण पुष्टि हुनेमा ४ पुरुष र १ महिला रहेका छन् । संक्रमित पुरुषहरुको उमेर १५, १८, २४ र ५० वर्ष रहेको छ, भने ४४ वर्षकी एक महिला रहेकी छिन् । यो संगै सत्यवती गाउँपालिकामा कोरोना संक्रमितको संख्या ११ पुगेको छ । उनिहरु भारतबाट आएर गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा बसेका थिए । संक्रमित उनिहरुलाई पालिकाले निर्माण गरेको आइसोलेशन केन्द्रमा राख्ने तयारी भएको प्रमुख शर्माले बताए ।